गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सांसद मनाङ्गेलाई आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।
यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । गत मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए । त्यसको भोलीपल्ट बुधबार एन्फा अध्यक्ष गुरुङले मनाङेविरुद्ध किटानी जाहेरी दिएपछि मनाङ्गे बिहीबार पोखराको लेकसाइडको होटलबाट पक्राउ परेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।