सभामुखमा सापकोटा निर्विरोध र्निवाचित


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

अग्नि सापकोटा र्निविरोध रुपमा सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाको सभामुखका लागि सापकोटाको मात्रै उम्मेदवारी परेकाले र्निविरोध रुपमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक माघ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com