नेपालका लेगस्पिनर सन्दीप लामिछाने साेमबार नेपाल आइपुग्ने भएका छन् ।
अस्ट्रेलियामा जारी बिग ब्याश लिग खेलिरहेका सन्दीपले नेपालले ओमन र अमेरिकासँग खेल्ने ट्राइसिरिजका लागि नेपाल फर्कन लागेका हुन् । ओमन र अमेरिकासँग नेपालले माघ २२ गतेदेखि त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लिग २ खेल्दैछ । त्यसका लागि नेपालले २ दिनअघि मात्रै अन्तिम १४ जनाको सूची सार्वजनिक गरेको थियो ।
नेपाली टिमका नियमित सदस्य सन्दीपले बिग ब्याश लिगमा १२ खेलमा १५ विकेट लिएका छन् । बिग ब्याशमा सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सले अहिलेसम्म १४ मध्ये १० खेलमा विजयी हुँदै क्वालिफायर चरणमा प्रवेश गरिसकेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।