सभामुख निर्वाचन आज, सापकोटा सभामुख बन्ने निश्चित


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । नयाँ सभामुख चयनका लागि आइतबार दिउँसो ३ बजेपछि बैठक बस्दै छ । आजको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनि सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारको बैठकले प्रक्रिया पूरा गरी उनलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेकोे छ । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सापकोटाका प्रस्तावक सुवास नेम्वाङले आफ्नो प्रस्ताव पेस गर्नेछन् भने समर्थकमा रहेका पूर्वसभामुख ओनसरी घर्ती, नेकपा प्रमुख सचेतक देव गुरुङ र राजपाका तर्फबाट लक्ष्मणलाल कर्णले समर्थन गर्नेछन् । यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com