अमेरिकन नागरिकको भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो


प्रकाशित मिति : माघ ११, २०७६ शनिबार

केही महिनादेखि अमेरिकन नागरिकहरुको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीहरुको ग्रिनकार्ड छिटो प्राप्त भइरहेको छ । फरबरीको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीहरुको ग्रिनकार्ड एकबर्ष छिटो प्राप्त भइरहेको छ ।

फरबरीमा अमेरिकन नागरिकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीहरुको ग्रिनकार्डका लागि फाइनल एक्सन मिति सन् २०१३ को अगस्त २२ छ । तर ग्रिनकार्डवाहकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीहरुको ग्रिनकार्डका लागि फाइनल एक्सन मिति सन् २०१४ को अगस्त २२ छ ।

फरबरीको भिसा बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहोला ।

यसरी हेर्दा ग्रिनकार्डवाहकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीका सन्दर्भमा साढे ५ बर्ष र नागरिकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीका सन्दर्भमा साढे ६ बर्ष लाग्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छिटो अमेरिकन नागरिकता लिएर २१ बर्ष माथिका छोराछोरीहरुलाई छिटो अमेरिका ल्याउन चाहनेहरुलाई भने यसले निराश तुल्याएको छ । तर २१ बर्ष माथिका छोराछोरीहरुलाईलाई अमेरिका ल्याउन चाहने ग्रिनकार्डवाहकहरु भने केही खुशी भएका छन् ।

ग्रिनकार्डवाहकका २१ बर्षभन्दा कम उमेरका छोराछोरीको सन्दर्भमा समेत केही महिनादेखि भिसा करेन्ट रहदै आएकाले अमेरिकी नागरिकका २१ बर्ष मुनीका छोराछोरी र ग्रिनकार्डवाहकका २१ बर्ष मुनीका छोराछोरीका सन्दर्भमा समेत उस्तै समय लाग्ने गरेको छ । यो क्याटेगोरीमा समेत अझ कतिपयको सन्दर्भमा त नागरिकको तुलनामा ग्रिनकार्डवाहकको आवेदनमा छिटो ग्रिनकार्ड प्राप्त भएका उदाहरण समेत छन् ।

फरबरी भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भने झण्डै साढे १२ बर्ष लाग्ने गरेको छ । जबकी अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दाजुभाई दिदीबहिनीकाहरुका लागि समेत यो अवधि झण्डै साढे १३ बर्ष रहेको छ ।

अमेरिकी नागरिकका विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड प्राप्त हुन लाग्ने समय लगभग उस्तै हुँदा कैयन अमेरिकन नागरिकलाई यसले निराश तुल्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com