सोलारले हट्यो टुकीको भर


प्रकाशित मिति : माघ ११, २०७६ शनिबार

पाल्पाका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो ।

नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो । कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षौँेदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताए । सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको छ । टुकी बाल्दा पैसा धेरै खर्च हुँदा यहाँका स्थानीयवासी चिन्तित थिए । नगरपालिकाले घरमा निःशुल्क सोलार बत्ती जडानगरेपछि मोमाइल चार्ज, बालबालिकाको पठनपाठन, सञ्चार तथा नियमित घरायसी काम निकै सहज बनेको छ ।

सोलार जडानले मासिक खर्चसमेत कम भएको र महिलालाई टुकीकै भरमा खाना पकाउनुपर्ने बाध्यता हटेको वडासदस्य राधा विश्वकर्माले बताए । माझी समुदायमा नगरपालिकाले निःशुल्क सोलार जडान गरेपछि स्थानीय ओमबहादुर माझी खुशी हुनुहुन्छ । “टुकी उज्यालोभन्दा सोलारको उज्यालो राम्रो लाग्यो, टुकीले स्वास्थ्यमा असर हुने र खासै उज्यालो हुँदैनथ्यो”, माझीले भने ।छेर्लुङका होमनाथ भट्टराईले वर्षौंदेखि रातको समयमा उज्यालोमा बस्ने रहर पूरा भएको बताउनुभयो । छ दशक उमेर पार गर्नुभएका भट्टराईले सोलारको उज्यालोले रातमा घरायसी काम गर्न सहज भएको बताए । “सोलारले गाउँ नै उज्योलो बनेको छ ।

विवाह, व्रतबन्धलगायतका शुभकार्यसमेत उज्यालोका कारण सजिलो हुँदै आएको छ”, भट्टराईले बताए । स्थानीयवासी पुरन विकले बालबालिकालाई साँझ लेखपढ गर्न सजिलो भएको बताए। टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ ।-रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com