नेपालीमा पनि भेटियो भयानक कोरोना भाइरस, काठमाडौं विमानस्थलमा पनि चेकजाँच


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

चीनमा फैलिएको डरलाग्दो कोरोनाभाइरसको सङ्क्रमण नेपालीमा पनि भेटिएको छ । कोरोना भाइरसको इपिसेन्टर युहानबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालको स्वास्थ्य मन्त्रालयका अनुशार एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । उनलाई सामान्य रुघाखोकी ज्वरो आएपछि अस्पताल भर्ना गरेर चेकजाँच गर्दा कोरोना भाइरस भएको पुष्टी भएको हो ।

उनको रगतको नमूना सङ्कलन गरेर परीक्षणका निम्ति हङकङ् पठाइएको थियो। त्यहाँबाट उनमा कोरोना सङ्क्रमण पाइएको रिपोर्ट आएको छ । ती बिरामी अहिले अस्पतालको निगरानीमा छन् ।

नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलोपटक हो । शुक्रवारदेखि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चेकजाँचमा कडाइ गर्न थालिएको छ । चीनबाट आउने सबै बिरामीको चेकजाँचपछिमात्र बाहिर आउन दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाइरसले हालसम्म २६ जनाको ज्यान लिइसकेको छ भने ८ सयभन्दा धेरै सङ्क्रमित पाइएका छन्। यसअगाडि अमेरिकाको वासिंटन राज्यमा पनि एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com