तेस्रो चरणबाटै बाहिरिइन् सेरेना
प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

मेरिकी टेनिस खेलाडी सेरेना विलियम्स अष्ट्रेलियन ओपनको तेस्रो चरणबाट बाहिरिएकी छन् । तेस्रो चरणको खेलमा चीनकी वाङ छ्याङसँग २–१ को संघर्षपूर्ण सेटमा पराजित हुँदै सेरेना अष्ट्रेलियन ओपनको ‘राउण्ड अफ् ३२’बाटै बाहिरिएकी हुन् ।
सेरेनाले खेल ६–४, ६–७ (२–७), ७–५ ले गुमाएकी हुन् । ३८ वर्षीया अमेरिकन खेलाडी सेरेना महिला एकलतर्फ २४औँ ग्राण्स्ल्याम जित्ने दौडमा थिईन् । अष्ट्रेलियन ओपनको उपाधि उनले ७ पल्ट जितिसकेकी छन् । नवौं वरियतामा रहेकी विलियम्सलाई २९औँ नम्बरमा रहेकी वाङले हराइन् । स्लोभाकियाकी तामारा जिदान्सेकलाई ६–२ र ६–३ को सोझो सेटमा हराउँदैसेरेना विलियम्स तेस्रो चरणमा पुगेकी थिईन् । -एजेन्सीकाे सहयाेगमा