गोष्ठीमा गएकी उपमेयर दन्ता नेपाली अमेरिकामै


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

भ्रमणका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ ।

अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ । “उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको हो, त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न,” शाहीले भने ।

उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ ।

योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाही बताउँछन् । ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको शाहीको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सेवाग्राही आएर उपमेयरबारे सोधखोज गर्नुहुन्छ, सञ्चारकर्मीले पनि मलाई नै प्रश्न गर्नुहुन्छ । अमेरिका भ्रमणमा जान्छु भनेपछि नजानुस् भन्ने कुरा पनि आएन,” मेयर शाही थप्छन् । नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले पनि दन्ता नेपाली (दर्शना) अमेरिका गएको स्वीकार गरे ।

“संघले नै आयोजना गरेको कार्यक्रम त थिएन त्यो, आईसीएमए अर्थात् इनटरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका जानुभएको हो,” उनले पुष्टि गरे ।

त्यसपछि फर्किए, नफर्किएकोबारे आफूलाई थाहा नभएको धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका ब्याञ्जु बताउँछन् । “उहाँ सम्पर्कविहीन भएको बारे धेरै मलाई थाहा छैन,” उनको भनाइ छ ।

२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्रबाटै उमेदवार भइ निर्वाचित हुन् ।

– बाह्रखरी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com