फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु ।

भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहर कुनै समय टाउको दुखाइ भएको थियो । तर अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि समस्या समाधान भएको छ । बजारबाट सङ्कलन हुने फोहरमा ७० प्रतिशत कुहिने हुन्छन् । कुहिने फोहर (जैविक फोहर)बाट कम्पोष्ट मल बनाइन्छ । झण्डै छ दशकसम्म फोहर फाल्ने ठाउँकै खोजीमा समय बिताएको नेपालगञ्ज उपमहानगरपालिका ‘साइट’ बनेपछि फोहर व्यवस्थापनका लागि खेप्नु परिरहेको आलोचनाबाट मुक्त भएको छ ।

एशियाली विकास बैंक (एडिबी)ले ‘ साइट’ बनाउन सहयोग पु¥याएको थियो । मुखमा मास्क लगाएका कर्मचारीले खुरुखुरु मोहर टिपिरहेकोजस्तो लाग्छ । नेपालगञ्जमा सङ्कलन हुने दैनिक करीब ३२ टन फोहरलाई १७ वटा गाडीले ‘ साइट’सम्म पु¥याउँछन् । ‘साइट’ सञ्चालनमा आइसकेपछि बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर राखिन्छ । धेरै कम्पोष्ट मल बनाएर जम्मा गरिसकेपछि बिक्री गर्ने गरेको ठेकेदार कम्पनीका कर्मचारी शिव लामिछानेले बताए । उनका अनुसार सीसा, प्लाष्टिक, बोतल, टायर बेचेर मासिक करीब रु ३०/४० हजार आम्दानी भइरहेको छ ।कामै नलाग्ने फोहरलाई खाल्टोमा गाडिन्छ ।

उपमहानगरपालिकाका सरसफाइ शाखाका अधिकृत अशोक केसीका अनुसार, सात प्रतिशत फोहर खाल्डोमा गाड्ने गरिएको छ । रु ३८ करोड बढीमा बनेको ‘साइट’ले नेपालगञ्ज उपमहानगरपालिकाको फोहर व्यवस्थापनसँगै त्यसबाट पैसा कमाउने बाटो पनि देखाइदिएको छ ।हुन त फोहरबाट मोहर झिक्न त्यति सजिलो छैन । बजारमा निस्किने फोहरलाई कम्पोष्ट मल बनाएर बेच्दा साँच्चै नै मोहर फल्नेमा दुईमत छैन । फोहरबाट मोहर फलाउने साधन ‘साइट’मै तयार छ । अब उपमहानगरले बजार क्षेत्र (साविकको १७ वडा) मात्रै होइन, अन्य वडाबाट पनि फोहर सबै ‘साइट’मा पु-याएर कम्पोष्ट मल बनाउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपमहानगरपालिकाका प्रमुख डा धवलसम्शेर राणा फोहर व्यवस्थापनको महत्वपूर्ण पाटो फोहर उत्पादन गर्ने पक्ष सचेत रहेकाले उपमहानगर फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै गएको बताउँछन् । उपमहानगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहर छुट्याएर बिक्री गरिरहेको छ । घरबाट निस्कने फोहरको मात्रा घटाउन उपमहानगरपालिकाले सचेनताका कामसमेत गरिरहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।- रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com