मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए । चार/पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्रहार भएको छुरा बरामद गरेको जानकारी दिए । -रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।