राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रदेश ५ को निर्वाचनमा मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन । प्रदेश ५ मा जम्मा ३०५ जना मतदाता रहेका छन् ।
घोराहीको कर्मचारी मिलन केन्द्रमा स्थापना गरिएको मतदान केन्द्रमा मुख्य मन्त्रीसँगै सभामुख पुर्ण घर्तीलगायतकाले मतदान गरेका छन । निर्वाचनका लागि क र ख मतदान केन्द्र गरेर २ वटा मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
प्रदेश ५ मा ३ सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । कूल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा,समाजवादी पार्टीलगायत दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।