सातदेशमाथिको अमेरिकी भिसा प्रतिबन्ध सोमबारदेखि, सुचीमा म्यान्मारसमेत


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

अमेरिकी संचारमाध्यमहरुले अमेरिकाले भिसा प्रतिबन्ध लगाउने योजना बनाएका ७ देशका नामहरु सार्वजनिक गरेका छन् । अमेरिकाले म्यानमारसहित बेलारुस, इरिटेरिया, किर्गिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउन लागेको समाचारहरुमा जनाइएको छ ।

अमेरिकी सरकारले थप ७ देशमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पुष्टी गरेका छन् । उनले मंगलबार वाल स्ट्रीट जर्नलसँगको अन्तरवार्ताका क्रममा थप देशहरुमाथि अमेरिकी भिसा प्रतिबन्ध लगाउन लागिएको खुलासा गरेका छन् ।

ती देशहरुबाट डिभी लोटरीमा अमेरिका आउनसमेत प्रतिबन्ध लगाउन सकिने जनाइएको छ । राष्ट्रपति ट्रम्पले सुरुदेखि नै डिभी लोटरीको विरोध गर्दै आएका छन् । ट्रम्पले स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रम लगत्तै ती देशहरुको सुची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

नयाँ प्रतिबन्ध आगामी सोमबारदेखि लागु हुने जनाइएको छ । सोमबार ट्रम्पले सुरुमा घोषणा गरेको यात्रा प्रतिबन्धको बार्षिकी समेत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले थप ७ देशमाथि यात्रा प्रतिबन्ध लगाउन ड्राफ्ट तयार गरिसकेको जनाइएको छ । अत्यन्तै आलोचित यात्रा प्रतिबन्धको सुचीमा अरु देशहरुलाई थप्ने ड्राफ्ट तयार भएको भनिएपनि सार्वजनिक भने गरिएको छैन ।

सन् २०१८ मा ट्रम्पको बहुचर्चित र विवादित यात्रा प्रतिबन्धको तेश्रो संस्करणलाई सर्वोच्च अदालतले अनुमोदन गरेको थियो ।

पुरानो यात्रा प्रतिबन्धको सुचीमा लिबिया, इरान, सोमालिया, सिरिया, यमन, भेनेजुएला र नर्थ कोरिया रहेका छन् । चाडलाई गत अप्रिलमा सुचीबाट हटाइएको थियो । उक्त देशले अमेरिकी सुरक्षा मापदण्ड पूरा गरेको भन्दै सुचीबाट हटाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार मध्य सेप्टेम्बरसम्म ३१ हजारको भिसा यात्रा प्रतिबन्धको नियम अनुशार अस्वीकृत गरिएको छ । यो अवधिमा अमेरिकी सरकारले ७६ सयलाई भिसा सुविधा समेत प्रदान गरेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com