सैनामैना वन कार्यालय प्रमुख घुस सहित पक्राउ


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख घुस सहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको १२ नयाँ गाउँबाट नियन्त्रणमा लिईएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com