जातीय विभेद हटाउन पुस्ताको लडाइँ


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

दशवर्षे जनयुद्धमा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि लडाइँ लडेकी भेरी नगरपालिका– ११ जगतीपुरकी शारदा खड्कालाई अहिले यो मुद्दाले झन पिरोल्ने गरेको छ । युद्धकालभन्दा अहिले जातीय भेदभाव र छुवाछूत झनै झाँगिएपछि खड्कालाई दैनिक मन दुख्ने गर्दछ । उनी भन्छिन्, “युद्धको बेला कुरीति, कुसंस्कारका विरुद्ध लड्नका लागि सजिलो थियो, सबैले भनेको एकै पटक मान्थे । अहिले कसैले पनि आग्रह, अनुरोध मान्ने होइनन् ।”

लोकतन्त्रको नाममा अराजकता फैलिएको र विधिको शासनभन्दा पनि कसरी आलोचना गर्न सकिन्छ भन्नेमा मात्र मान्छेका चेतना विकास भएको देख्दा उनलाई उदेक लागेर आउने गरेको छ । युद्धमा सबैलाई समान व्यवहारका साथै भेदभावमुक्त भएको समय सम्झँदै उनी भन्छन्, “दाइभाइ, दिदीबहिनी भन्ने मात्र थियो, विभेद भएको थाहा पाउन वित्तिकै कारवाही भोग्नुपथ्यो, अहिले कसले कसलाई कारवाही गर्नु मनपरि छ ! कानून भएर के गर्नु पालन गर्ने निकाय नै बेखबर भएपछि कसको के लाग्छ र ?” उनी जस्तै अर्का युवा भरत पुन दैनिक गाउँ/गाउँमा जातीय भेदभाव, छुवाछूत अन्त्यको सन्देश लिएर सर्वसाधारणलाई जम्मा गदै चेतनाका आवाज बुलन्द गरिरहेका छन् । उनलाई साथ दिन उनको वडाबाट ४१ जना युवाको समूह सक्रिया रहेको छ । जब गाउँमा युवाको नेतृत्व गरी भरत जान्छन्, तब युवा र वृद्धबीचमा छुवाछूत, भेदभावको विषयमा खुलेरै छलफल हुन्छ । तर वृद्ध अवस्थाका जनसाधारणले युवाको कुरामा खासै ध्यान नदिएको देख्दा भरतलाई जातीयतामा पुस्ताको लडाइँ भएको जस्तो लाग्छ ।

अहिले भेरी नगरपालिकाले १३ वटै वडामा २५ देखि ५१ जनासम्मको युवा समूहलाई जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि जागरण अभियान सञ्चालन गर्न अभियान सञ्चालन गरेको छ । यो युवाको समूहले टोल–टोलमा गएर समूह निर्माण गरी भेदभावका विषयमा जागरण पैदा गर्नेकार्य गरिरहेको भेरी नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् । जेठ २१ गते भेरी नगरपालिकालाई जातीय भेदभाव र छुवाछूत अन्त्य भएको घोषणा गर्नका लागि सबै प्रकारका सामाजिक जागरणको अभियान शुरु भएको उनी बताउँछिन् । उनी भन्छिन्, “जातीय विभेद, भेदभावको अन्त्यका लागि गरिने भेला, बैठक र छलफलमा जनप्रतिनिधिले नै अवरोध गर्दा दुःख लाग्छ । हाम्रा सोच कहिले बदलिन्छन्, भेला र छलफलमा ७५ प्रतिशत महिला दिदीबैनी आउनुहुन्छ तर पुरुषको सङ्ख्या भने न्यून हुने गर्दछ ।”

जातीय विभेदका कुरा गर्दा चुनावको बेला चाहिने नारा अहिले किन लगाउने भनेर ठाँडो जवाफसमेत आउने गरेको प्रवक्ता विकको भनाइ छ । दलित समुदायको चेतना अभिवृद्धिका लागि राज्यले लगानी धेरै गर्नुपर्ने दलित समुदायका अगुवाको भनाइ छ । अहिले गाउँ/गाउँमा जनता परिवर्तन चाहन्छन् तर राजनीतिक नेतृत्व छुवाछूत अन्त्य गर्ने अभियानमा सक्रिय सहभागिता नजनाउँदा समस्य भएको अभियन्ताहरु बताउँछन् । छुवाछूत अन्त्यका लागि भेरी नगरपालिकाले गरेको यो अभियानले मान्छेले मान्छेमाथि गर्ने मानसिक, शारीरिक दमनको अन्त्य गर्ने एक महाअभियान भएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीको भनाइ छ । उनी भन्छन्, “हामी संसार बदल्ने कुरा गर्छौ, तर आफूले आफैलाई बदलेर देखाएमा मात्र संसार आफै बदलिन्छ, ठूला कुरा मात्र गरेर के काम ? परिणाममा चाहिएको छ अब, त्यसको नेतृत्व भेरी नगरपालिकाले गरेको छ । ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लाको मुटु मानिएको भेरी नगरपालिकामा गरिएको यो पहिलो अभियानले अन्य स्थानीय तहलाई सिकाइ हुने प्रदेशसभा सदस्य जाजरकोट ‘क’ का गणेशप्रसाद सिंह बताउँछन् । जिल्ला सदरमुकाम रहेको र सबैभन्दा बढी नेता अनि नेतृत्व भएको भेरी नगरपालिकाबाट शुरु गरिएको जातीय भेदभाव र छुवाछूत अन्त्यको अभियानले समग्र जिल्लावासीलाई सकारात्मक दिशातिर लिन मद्दत गर्ने सिंहको भनाइ छ । “समाजको उन्नति र प्रगतिको बाधक जातीय विभेद हो” उनी भन्छन्, “उच्च शिक्षासम्म दलित समुदायका बालबालिकाका लागि निःशुल्क शिक्षा र रोजगारका अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । ” दलित समुदायलाई समाजमा रुपान्तरण गर्न र कुप्रथाको जालो च्यात्न प्रदेश सरकारले कानून निर्माण गरिरहेको उनको भनाइ छ ।

पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा कागजी रूपमा जातीय विभेद अन्त्य भएको घोषणा गरिए पनि व्यवहारमा लागू नहुँदा दलित समुदायमाथिको छुवाछुत नहटेको दलित अगुवा बताउँछन् । दलित समुदायलाई अझै पनि मन्दिर प्रवेश गर्न र घर प्रवेशमा निषेध गरिँदै आएको छ । कथित उपल्लो जातका व्यक्तिलाई छोइहाले छोइछिटो गर्ने चलन यद्यपि कायमै रहेको उनीहरुको भनाइ छ । “जातीय विभेद र छुवाछुत हटाउन सबैको प्रतिबद्धताको खाँचो रहेको छ”, नगरप्रमुख घर्ती भन्छन्, “मनदेखिनै जातीय विभेद गर्दैनौँ भनेपछि आफैँ हट्छ, यसका लागि प्रण गर्न सक्नुपर्छ ।” -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com