थप ७ देशमाथि भिसा प्रतिबन्धको तयारीमा ट्रम्प प्रशासन


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

अमेरिकी सरकारले थप ७ देशमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार वाल स्ट्रीट जर्नलसँगको अन्तरवार्ताका क्रममा थप देशहरुमाथि अमेरिकी भिसा प्रतिबन्ध लगाउन लागिएको खुलासा गरेका छन् । तर कुन कुन देशमाथि प्रतिबन्ध लगाउन लागिएको हो त्यो भने खुलाएका छैनन् ।

ट्रम्प प्रशासनले थप ७ देशमाथि यात्रा प्रतिबन्ध लगाउन ड्राफ्ट तयार गरिसकेको जनाइएको छ । अत्यन्तै आलोचित यात्रा प्रतिबन्धको सुचीमा अरु देशहरुलाई थप्ने ड्राफ्ट तयार भएको भनिएपनि सार्वजनिक भने गरिएको छैन ।

सन् २०१८ मा ट्रम्पको बहुचर्चित र विवादित यात्रा प्रतिबन्धको तेश्रो संस्करणलाई सर्वोच्च अदालतले अनुमोदन गरेको थियो ।

पुरानो यात्रा प्रतिबन्धको सुचीमा लिबिया, इरान, सोमालिया, सिरिया, यमन, भेनेजुएला र नर्थ कोरिया रहेका छन् । चाडलाई गत अप्रिलमा सुचीबाट हटाइएको थियो । उक्त देशले अमेरिकी सुरक्षा मापदण्ड पूरा गरेको भन्दै सुचीबाट हटाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार मध्य सेप्टेम्बरसम्म ३१ हजारको भिसा यात्रा प्रतिबन्धको नियम अनुशार अस्वीकृत गरिएको छ । यो अवधिमा अमेरिकी सरकारले ७६ सयलाई भिसा सुविधा समेत प्रदान गरेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com