निर्वाचन आचारसंहिता पालना गर्न आयोगको अपिल


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

निर्वाचन आयोगले माघ ९ गते विहिबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी आचार संहिता पूर्ण पालना गर्न सम्पूर्ण दल तथा तीनै तहका सरकारलाई अपिल गरेको छ । आयोगले निर्वाचनको मौन अवधि सुरु भईसककाले सो अवधिमा आचार संहिता विपरितका काम कारवाही नगर्न, त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैलाई अपिल गरेको हो ।

मंगलबार न्यूज एजेन्सी नेपालसंग कुरा गर्दे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचार संहिता बमोजिम सोमबार राति १२ बजे देखि मौनअवधि शुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न नगराउन आग्रह गरेका हुन् । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरि निर्वाचन प्रचार प्रशार गर्ने काम हुने गरेको तर्फ संकेत गर्दै उनले वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस लगायत कुनैपनि विद्युतीय माध्यमको प्रयोग गरी मत माग्ने काम पनि नगर्न आग्रह गरे । निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट लगायतका कार्य समेत नगर्न उनले सचेत गराए ।

आयोगले मौन अवधिमा आचार संहिताको पालना भएनभएको अनुगमन तथा सुपरिवेक्षण गर्न सबै जिल्ला निर्वाचन कार्यालय र सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा मतदान सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले गर्ने व्यवस्था मिलाएको छ । माघ ९ गते हुन लागेको निर्वाचनका लागि सोमबार राती देखि मौन अवधि सुरु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com