यस्तो छ आजको मौसम पूर्वानुमान


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

मंगलबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली हुनेछ । भने पश्चिमी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ । राति भने देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ । उपत्यकामा आज दिनभर घाम लाग्ने सम्भावना कम छ । तर पानी पर्ने सम्भावना पनि रहेको छैन । मध्य र पूर्वी तराईमा हुस्सु/कुहिरो लागिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com