नारीलाई महान , भरोषायुक्त , पवित्र र कोमल भन्ने दिन सकिएकै हो ?


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

– रश्मी भट्ट

सॅसारमा जसरी ढुङ्गा माटो, हावा पानी, कीट पतङ्ग , अनेकौं जीव जीवात्माको आफ्नै स्थान छ ।त्यसै गरी मनुष्यको झन बिशिष्ठ स्थान छ । त्यसमा पनि पुरूष र नारीको आ-आफ्नै पहिचान , स्थान र भुमिका छ । आजको यस लेखमा भने खास गरी नारीकै बिषयलाई लिएर केही लेख्न गईरहेकी छु । परापुर्व काल देखि नै नारी दया , माया , करूणा , क्षमा , सहनशीलता र कर्तब्य परायणताकी धनी मानिन्छन् ।

छोरी , बुहारी, आमा दिदी , बहीनी,सासू, भाञ्जी , माइजू , फुपू आदि अनेकौं पात्रको रूपमा चित्रित भएर भुमिका निर्वाह गर्नुपर्छ उनीहरूलाई । उसो त पुरूषका पनि विबिध भुमिका हुन्छन् तर निश्चित दायराभित्र भएका नारीगत भुमिकाले समाजमा समेत एक छाप छाडेको हुन्छ । अनेकौं रूपमा बाॅडेर वर्णन गरेता पनि नारीको प्रमुख र शक्तिशाली भुमिका छोरी , बुहारी , आमा र सासू नै हो ।

नारीले धरतीमा पहिले आफूलाई छोरीको रूपमा पाउॅछे , बुहारी भएर पराइको घर भित्रिन्छे , छोराछोरी जन्माएर आमा बन्छे , अनि बुहारी र जुवाईं पाए पछि सासू बन्छे । यी रूपहरूमा नारीले अहम् र शक्तिशाली भुमिका निर्वाह गरीरहेका हुन्छन् । घर , परीवार र समाजमा उनीहरूको यस भुमिकाको मुल्याॅकन , चर्चा , परीचर्चा , स्थान र बिशेष वर्णन भईरहेको हुन्छ ।

यी सबै परम्परीत भुमिकाहरू भन्दा माथि उठेर आज घरबाहिर निस्कॅदै नारीहरू पनि पुरूष सरह पढाइ, लेखाइ, जागीर , राजनीति, कला साहित्य सॅगीत र समाज सेवा तर्फ अग्रसर भइरहेका छन् । यो नितान्त खुशीको कुरा हो । यसरी अग्रसरता देखाएको धेरै समय नै हुन लागिसक्यो र यो अझै धेरै छलाङ्ग मार्ने क्रममा छ । धर्तीका आधा हिस्सा ओगटेका र महत्वपुर्ण वर्गबाट सकरात्मक सोच लिएर अघि बढ्नु खुशी र गौरवको कुरा हो तर थोरै सकरात्मक्तासॅगै धेरै भन्दा धेरै विकृति बढ्नु भने पटक्कै खुशी र सुखद होइन ।

यस सॅगसॅगै आजका हामी नारीहरूले घर , परीवार समाज र साथीभाइ माझ कस्तो छाप छोड्दै गइरहेका छौं त ? हामी कस्तो हुॅदैछौं र कतातिर जाॅदैछौं त ? अव एउटा ठूलो प्रश्न चिन्ह अगाडि खडा भएको छ । नारीको शत्रु नारी नै भन्दै हिंड्ने कि आफैबाट पहिले मित्रवत ब्यबहारको थालनी गर्ने ? नारीले नारीलाई नै देखीनसक्ने परीपाटीको बिकास गरेर हामी नारीहरू कहिल्यै उॅभो लाग्नेछैनौं । म आफै हुर्केर बढेर अर्थात् सामान्यतया आफू को हुॅ – के हुॅ भनेर बुझ्ने भए देखी ( सोर्ह बर्ष देखी आजसम्म ) समाजले , पुरूषले नारीलाई हेर्ने बिबिध पाटो र नारीले नारीलाई नै हेर्ने दृष्टिकोणबारे नजीकबाट नियालीरहेकी छु ।

भनिन्छ नै बाबुको मर्म छोरालाई र आमाको मर्म छोरीलाई थाहा हुन्छ । यो धेरै भन्दा धेरै हदसम्म साॅचो हो । जस्तै — महिनावारी हुॅदा , सुत्केरी हुॅदा, पाठेघर खस्दा, घर खाॅदाका पीडा त नारीको नारी सॅगै मिल्छन नि होइन र ? यो दु: ख शेयर पनि नारीसॅगै गरीन्छ र छिटो पनि बुझ्छन , के यो साॅचो होइन र? त्यस्तै , पुरूषको धेरै पीडा पनि पुरूषसॅगै मिल्छन होइन र ? एउटा पुरूषले समाज र जीवनमा भोग्ने सुख , दु: ख ,पीडा, ईच्छा चाहना , समस्या लगभग नब्बे प्रतिशत पुरूषको उस्तै हो र एउटी नारीले भोग्ने सम्स्या , सुख दु: ख पनि लगभग उस्तै नै हो तर साॅच्चै समाज यस्तो भएको छ कि , एउटी नारी अर्की नारीलाई देख्नै सक्दिन , उसका कुरा सुन्नै चाहान्न ।

सबैलाई आफ्नै ब्यथा मात्र ठूलो , आफ्नै धाक मात्रै ठुलो । बरू उसलाई पुरूषका जस्ता भए पनि गफ सुन्न मन पर्छ । आजकाल विवाहित धेरै नारीहरूका मुखबाट म सुन्छु – सासु भन्दा ससुरै ठीक रे , देउरानी जेठानी भन्दा देवर र जेठाजू नै ठीक रे । दिदी र बहीनी भन्दा जुवाईं , भिनाजु नै ठीक रे । समस्तमा नारी भन्दा पुरूषै ठीक रे । के हो यस्तो अचम्म ? अझ आजकालका धेरै बिकशित नारीका मुखबाट त यो सुनिन्छ कि साथी होइन साथी भन्दा साथीकै श्रीमान पो धेरै राम्रो लाग्छ रे , मन पर्छ रे साथीलाई भन्दा साथीकै श्रीमान् सॅग पो भेटीन मन लागूछ रे । के बिडम्मना हो ,यो कति हदसम्मको विकृति हो ? खै एउटी नारीको अर्को नारी प्रति सम्मान ? खै आफ्नो जस्तै पीडा भोग्नेहरूको उत्थान ? त्यसमा पनि बिदेशमा बस्ने नारीहरूमा यो प्रवृति तीन गुणा बढ्दै गएको पाएकी छु , देखेकी छु र भोग्दै गरेकी छु मैले ।यसै प्रसॅगमा मेरी एउटी मिल्ने साथीले भनी – “मेरी सासू मलाई फिटिक्क मन पर्दिनन् , ससुरा मरेर एक्लै बाॅचेको पटक्कै सुहाएको छैन उनलाई । म अॅ , हॅ केही भन्दिन , फेरी म सासु ससुरा नभएको मान्छे । बोले उ ठाडै जाइलाग्छे तेरो सासु भए पो चाल पाउॅछेस् ? हो , साॅच्चै हो , सासु ससुरा नभए पनि मेरा घर परीवारलाई मैले न धनै धन थुपार्न सकेकी छु , न करौंडौको बिल्डिङ् । त्यसो गर्न नसक्दा कति अपमान र अपजस खप्नु परेको छ मलाइ तर यहाॅ त मर्ने बाॅच्ने कुरा छ । सुहाएर र नसुहाएर मर्न , बाॅच्न पाइने हो र ? कसरी भन्न सकेकी – उसको पनि एउटै छोरो छ , बुहारी आउॅछे , लोग्ने भन्दा पछि मरी भने उसकी बुहारीले के गर्ली ? सुहाउला कि नसुहाउला त्यसबेला ?

त्यस्तै अर्को उदाहरण, एउटी महीलालाई राम्रा राम्रा र पढेलेखेका ठूला ठूला पदमा पुगेका धेरैजसो अरूका श्रीमान् बटुलेर उनीहरूका श्रीमती र परीवार नबोलाई गुड हजब्याणड पाटी दिन मन लाग्या रे । रे मात्रै कहाॅ हो र ? दिएरै छाडिछे , खाएरै छाडेछन् पाटी । म जस्तै कतिलाई श्रीमान खोज्दै र कल गर्दै सास्ती भो होला त्यो दिन । के यही हो हामी अघि बढेको , शिक्षित भएको , समाजलाई परीवर्तन गरेको ? कि यसलाई नै भनिन्छ नारी बिकाश र अग्रसरता । यो त भयो मैले नेपालमै देखे भोगेको , आउनु भन्दा ठीक छ महीना अघि मात्रै । बिदेश आएपछि त म झनै दङ्ग परें । आएको डेढ बर्ष पछि बोलाइएको एक पार्टीमा गएको  एउटाले अर्कोकी श्रीमती , अर्कोले अर्कोकी , अर्कोले अर्कीकी श्रीमतीलाई कसेर अॅगालो मारे । नारी , नारी एक दुई जनाले मात्र एक आपसमा अॅगालो मारे । यस्ता प्रत्यक्ष देखेभोगेका सत्य उदाहरणहरू धेरै , धेरै मसॅग छन् आजकाल ।

अव उजागर गर्न खोजेको मुख्य कुराहरू- आजका कतिपय नारी पति मार्ने, सासु ससुरा मार्ने, दिदी बहीनी दाजु भाइ मार्ने, आफैले जन्म दिएका मुटुका टुक्रा छोराछोरी नै मार्ने । समाचार छापाभरी छन् । नेपालबाट विदेश पठाउन सक्ने केटा पट्याएर विवाहको नाटक गर्ने , आफ्नो स्वार्थ पुरा भए पछि अर्कैसॅग बसेर उसलाई बिष खुवाउने , खाई मर्न बाध्य पार्ने । यही हो त हाम्रो शिक्षा, दीक्षा आधुनिकता , दया , मायाॅ, कोमलता र सॅस्कार ? बिदेशमा बस्ने धेरै नारीको डिभोर्स , दोस्रो तेस्रो र पाॅचौंसम्म विवाह ।

घर झगडा ,पुरूष माथि दवाब ,परपुरूष सम्बन्ध , यही हो हाम्रो चेतना ? हामी साॅच्चै आधुनिक भयौं त ?अझै देश भित्रै पनि यो हावा चरम बिकशित हुॅदै गएको सुन्न सकिन्छ । कतिपय नारीहरूसॅग यस बिषयमा दुखेसो गर्दा उल्टै मैले रूढी नाम पाएकी छु । पुरूषले दशवटा ल्याउन हुॅदा हामीले चार पाॅचवटा बिहे गर्न नहुने भन्ने गर्जन पनि सुन्न पाएॅ । भलै म रूढी बनूॅ तिनीहरूका नजरमा असभ्य बनुॅ तर पुरूषका गलत बाटो हिॅडेर हामी कहिल्यै माथि पुग्दैनौं । पुरूषले मान्छे मार्यो भनेर मार्दै हिॅड्न थाल्यौ हामी पनि हत्यारा र कठोर, भयौं । पुरूषले जस्तै ब्याभिचार गर्दै , दश बीस बिहे गर्न थाल्यौं भने तिनै खराब पुरूष जस्तै निर्लज्ज पो भयौं त हामी नारी त ।

पुरूषले पितृ सत्ताको आडमा जति नै आफूलाई ठालु भने पनि नारीका पुरूष भन्दा भिन्न यी गुणहरूले नारी जहिले पनि पुरूष भन्दा माथि थिए , महान् थिए , पुज्य थिए , देवी र धर्ती समान थिए , समस्त आमा र जननी थिए ।। सक्छौं त पुरूषले ओगटेका राम्रा पद प्रतिष्ठा शक्तिहरू सही तरीकाले हत्याउॅदै जाउॅ , नसके पनि पुरूषका दुर्गुणहरू बटुलेर भ्रष्ट नबनौं । पुरूष दाजु भाइहरू भेटिॅदा पनि हामीलाई खुशी लागोस् । अझ त्यो भन्दा बढी खुशी हामी आफै जस्ता दिदी बहीनी र हाम्रै नारी साथी सॅगी भेटिॅदा अझ हामीलाई बढी हर्ष लागोस् खुशी र गर्वको महशुष हवोस् ।

हाम्रा राम्रा गुणहरूलाई कायमै राखेर हामी अगाडि बढौं , जब कि हाम्रो शिक्षा दीक्षा काम , चरीत्र , आचारण पुरूषको भन्दा सॅधै अब्बल हवोस् , अनि पो हामी पुजनीय र मननीय भैरहन्छौं । पुरूष देख्ना साथ सात हात टाढाबाट अॅकमाल गर्ने , नारी देख्नासाथ दश हात टाढै बाट मुण्टो बटार्ने के हाम्रो सभ्यता हो र ? बिदेशमा छौं , कर्म गरेर खान बाॅच्नकै लागि पनि बिदेशी अवधारणा हामीले राम्ररी बुझ्नु पर्छ तर हु- बहु फलो गर्दै जानु पर्छ भन्ने छैन । उनीहरूका पनि सकिन्छ भने राम्रा कुराको नै फलो गरौं ।

बिदेशी सिको गरेर हाम्रा आस्था बिश्वास , गुण , धर्म , सॅस्कार सभ्यता नष्ट गर्दै गयौं भने सॅम्पुर्ण नारी माथि नै प्रश्न चिन्ह खडा हुनेछ । समाजमा झन् झन भय र त्रासको बातावरण सिर्जना हुन पुग्छ । नारी र पुरूष दुवै डरलाग्दा बन्नेछन् । आधुनिक हुनु भनेको धेरै बिहे गर्नु होइन , सम्बन्ध विच्छेद गर्नु होइन । पुरूषले नारी माथि गरी आएका सॅपुर्ण नराम्रा कर्म क्रुर् शासन गर्नु हुॅदै होइन । यसो भन्दैमा चरम हत्या हिॅसा सहनु पनि होइन । विहे गरेर सन्तानै नहुनु , सन्तान भएर पनि कत्ति मेल मिलापै नहुनू , बाॅच्ने नसक्नु यस्तो अवस्थामा विच्छेद र दोस्रो विवाह ठीकै होला त्यस भन्दा माथि यो जीवनलाई साहित्य , समाज सेवा वा सत्सॅग जे मा समर्पित गरेर पनि बाॅच्न सकिन्छ ।

नारी पुरूष भन्दाा दया , मायाॅ करूणा क्षमा , बिश्वास सहनशीलता र कर्तब्य परायणकी प्रतिमुर्ति हुन् भन्ने कुरा सॅधै नै कायमै रहोस् । असल ज्ञान , शिक्षा , सामर्थ्य , साहस त जति जति बढे बढाए पनि हुन्छ । नारीले पनि समाज विखणडित तुल्याउॅदैछन् , हिॅस्रक बन्दैछन् , उनीहरूबाट पनि पुरूष पीडित छन् र नारीलाई महान् , भरोषायुक्त , पबित्र र कोमल भन्ने दिन सकिएछ भनेर यी दुवै कानले कहिल्यै सुन्न नपरोस् ।नारी र पुरूष दुवैबाट खराब काम हुॅदै नहुने एक असल र स्वच्छ समाजको निर्माण होस् ।

लेखिका: रश्मी भट्ट
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com