‘सन्तानलाई पुड्को हुनबाट जोगाउन गर्नुस् यी ९ काम’


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

पुड्कोपनको समस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढीरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । अधिकाशं हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्गफुडको प्रयोग गर्दै आइरहेका छौ ।

यसरी कोशेलीका रुपमा लगिएको जङ्गफुड खानका बानि लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् । त्यसैले आजकाल धेरै बच्चाहरु बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरु पुड्कोपन हुनसक्छन् । विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरु जन्मदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाई २५ सेन्टिमिरसम्म बढ्नु पर्छ । २ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ बर्ष हरेक बर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । अन्यथा उमेर अनुसारको उचाइ नबढे पुड्कोपन हुनसक्छ ।

पुड्कोपन हुनुको प्रमुख कारण भनेको जङ्कफुड खानमा धेरै चासो दिनु हो । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अविभावकको हुन्छ । अभिभावक बाहेक विद्यालय पनि यसको जिम्मेवार हो । अझ कतिपय स्थानमा विपद्का बेला सहयोग भन्दै बाडिने राहत सामाग्रीमा पनि जङ्कफुड बढि मात्रा हुने गरेको छ ।

पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१. आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्छ ।
२. चिकित्सकको परामर्श अनुसार गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।
३. गर्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।
४. गर्भवस्थामा आमालाई तनाव हुने कुनै काम नगर्ने ।
५. गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।
६. शिशु जन्मीएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने ।
७. शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्ने । कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।
८. बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य ख्वाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रसस्त पानी ख्वाउने ।
९. कम्तीमा साताको २ पटक दूधदहि, माछामासुको खाने । खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खाने बानि बसाल्ने । -खबरहब

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com