गायिका राउतलाई पक्राउ गर्न अनुमति


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

गायिका आस्था राउतलाई कारबाहीको जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा प्रशासनले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी थिईन् । उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको थियो । श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

अदालतले अनुमति दिएसँगै राउतलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com