अष्ट्रेलियामा नेपाली युवालाई ब्लड क्यान्सर भएपछि उपचारका लागि सहयोग संकलन सुरु


प्रकाशित मिति : माघ ४, २०७६ शनिबार

३ वर्षअघि अष्ट्रेलिया आएका एक नेपाली युवकलाई ब्लड क्यान्सर देखिएपछि उपचारका लागि सहयोग संकलन सुरु गरिएको छ । अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका पोखराका अर्जुन तिमल्सिनालाई ब्लड क्यान्सर देखिएको हो ।

३० बर्षका तिमल्सिना पत्नीलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएका तिमल्सिनालाई झाडापखालाले सताएपछि निको नभएका कारण रगत परिक्षण गर्दा क्यान्सर भएको पुष्टी भएको हो ।

तिमल्सिनालाई किमो थेरापी सुरु गरिएको छ भने चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । बोन म्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफ्नो उपचारका लागि सहयोग जुटाइदिन अनुरोध गर्दै गोफण्डमीमा सहयोग संकलन सुरु गरेका छन् । तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोला ।

‘कृपया मलाई बचाईदिनुहोस् । मेरो नवजात शिशुको मुख हेरेर भएपनि मलाई सहयोग गरिदिनुहोला ।’ –  अर्जुनले अपिल गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com