अमेरिकाले एकैबर्षमा दियो ८ लाख ३४ हजारलाई नागरिकता, ५ हजार बढी नेपाली


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

किशोर पन्थी

अमेरिकी सरकारले आर्थिक बर्ष सन् २०१९ मा ११ बर्षयताकै सबैभन्दा धेरै आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरेको छ । युएसीआईएसले अमेरिकी अध्यागमनबारे आज तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुशार आर्थिक बर्ष सन् २०१९ मा ८ लाख ३४ हजार आप्रवासीहरुले अमेरिकी नागरिकता पाएका छन् । जसमा नेपालीहरुको संख्या ५ हजारभन्दा धेरै रहेको छ ।

त्यस्तै आर्थिक बर्ष सन् २०१९ मा युएससीआईएसले ५ लाख ७७ हजारको ग्रिनकार्ड आवेदन स्वीकृत गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेन्डिंग अवस्थामा रहेका ग्रिनकार्डका आवेदन १४ प्रतिशतले र नागरिकताका आवेदन १२ प्रतिशतले कमी आएको पनि युएससीआईएसले जनाएको छ ।

आर्थिक बर्ष २०१९ मा युएससीआईएसले झण्डै २२ लाख वर्क परमिटका आवेदनहरु प्राप्त गरेको छ । त्योबाहेक युएएसीआईएसले झण्डै ५ लाख गैरआप्रवासी कामदारका आवेदनहरु स्वीकृत गरेको छ । जसमा विशेष पेशा, अस्थायी कृषि र गैरकृषि कामदार लगायत अन्य कामदारहरु रहेका छन् ।

इ भेरिफाइमार्फत ४० मिलियन आवेदनहरु प्रकृयामा लगेको युएससीआईएसले जनाएको छ । मानवस्तकरीको शिकार भएका, महिलाविरुद्धको हिंशा लगायतका सन्दर्भमा झण्डै २५ हजारका लागि राहत स्वीकृत गरिएको छ ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपाली ५० हजार

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए ।

सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५२५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् । सन् २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com