अबुधाबी बस दुर्घटनामा मृत्यु हुने तीन र घाइते १४ नेपालीको पहिचान


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

युएईको अबुधावीमा भएको बस दुर्घटनामा ६ जनामध्ये ३ जना नेपाली भएको पुष्टी भएको छ । दुर्घटनामा भावना कुँवर, कृष्ण कुमारी अधिकारी र अमिसा मोक्तानको मृत्यु भएको छ । अधिकारी र कुँवर  झापा र प्युठानका हुन् ।

गाडी चालक भने पाकिस्तानी रहेको जनाइएको छ । गाडी चालकको पनि मृत्यु भएको छ । त्यस्तै एकजना श्रीलंकन र एकजना अफ्रिकन महिलाको पनि मृत्यु भएको छ ।

घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ नेपाली रहेको जनाइएको छ ।

दुर्घटनामा घाईते सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा गुरुङ, इलामकी सिता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर, सुजला विश्वकर्मा, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, हेटौडाकी मिना सिंहको उपचार भइरहेको छ । चितवनकी निर्मला प्रजा उपचारपछि क्याम्पमा फर्केकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रकमा ठोकिएपछि बस दुर्घटनाग्रस्त भएको थियो । चालकको असावधानीका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुबई जाने अलराहा बिच रोडमा दुर्घटना भएको जनाइएको छ ।

अबुधाबीका कैयन सिसिटिभी फुटेजमा उक्त बस असावधानीपूर्वक ट्रकको अगाडि गुडिरहेको र ट्रकले बचाउन खोज्दासमेत दुर्घटनाभएको देखिएको छ ।

स्थानीय समय अनुशार विहान साढे ६ बजे उक्त दुर्घटना भएको हो । विहान ९ बजेतिर उक्त बाटो पुन खोलिएको थियो ।

उक्त बस अत्यन्तै तीब्र गतिमा रहेको समेत जनाइएको छ । घटना लगत्तै एम्बुलेन्स पुगेको थियो भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com