अमेरिकी नागरिकताका लागि बच्चा जन्माउन आएको आशंकामा विमानस्थलमा गर्भजाँच


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

बच्चाको अमेरिकी नागरिकताका लागि अमेरिकी भूमिमा बच्चा जन्माउन आउन लागेको आशंकामा विमान चढ्नु अगाडि विमानस्थलमा गर्भवती भए नभएको जाँच गरिएको छ । हङकङबाट अमेरिकी आइल्याण्ड साइपन आउँदैगरेकी २५ बर्षकी जापानी युवतीको विमानस्थलमा गर्भजाँच गरिएको हो ।

अमेरिकी आइल्याण्ड साइपनमा जन्मिने बच्चा अमेरिकी नागरिक हुन पाउने प्रावधान भएका कारण ती जापानी युवती पनि बच्चा जन्माउन आउन लागेको हुनसक्ने आशंका गर्दै गर्भजाँच गरिएको जनाइएको छ । उनी आफ्ना बाबुआमालाई भेट्न साइपन आउन लागेकी थिइन् ।

मिदोरी निसिदा नामकी युवतीलाई सुरुमा केही प्रश्नावलीहरु दिएर जवाफ दिन भनिएको थियो, जसमा गर्भवती भए नभएकोबारेको पनि प्रश्न रहेको थियो । पछि हङकङ एक्सप्रेस एवरवेजका कर्मचारीले उनलाई रयाण्डम फिट टु फ्लाईका लागि परीक्षण गर्न छानिएको बताएका थिए ।

त्यसपछि उनलाई ट्वाइलेटमा लगेर गर्भवती भए नभएको जाँच गर्ने एउटा फित्तमा पिसाव फेर्न लगाइएको थियो । साइपनले पर्यटकहरु आएर अमेरिकी नागरिकताका लागि बच्चा जन्माउने विषयमा कडाई गरेका कारण साइपनको चासोलाई सम्बोधन गर्न एयरलाइन्सले यसो गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१८ मा नर्दन मेरियाना आइल्याण्डमा त्यहाँका बासिन्दालेभन्दा धेरै विदेशी पर्यटकहरुले बच्चा जन्माएका थिए । साइपन उक्त आइल्याण्डको सबैभन्दा ठूलो आइल्याण्ड हो । यो आइल्याण्ड पछिल्लो बर्षमा कैयन पर्यटकका लागि बच्चा जन्माउने गन्तब्य बनेको छ ।

गर्भवती पर्यटकहरुलाई अमेरिका र अमेरिकी भूभागमा यात्रा गर्नका लागि प्रतिबन्ध लगाइएको छैन । तर अधिकारीहरुले यदि यात्रा गर्नुको उद्देश्यबारे झुठो बोलेको पाएमा त्यस्ता व्यक्तिलाई विमानस्थलबाटै फर्काउन समेत सक्ने प्रावधान छ ।

त्यस्तै बच्चा जन्माउने लगायतका मेडिकल प्रकृयाका लागि तिर्न प्रयाप्त रकम भएको प्रमाणित गर्न नसक्नेहरुलाई समेत विमानस्थलबाट फर्काउन सक्छन् ।

जापानी युवतीले यस्तो परीक्षण अनिवार्य छ भनेर प्रश्न समेत गरेकी थिइन् । जवाफमा एयरलाइन्सका कर्मचारीहरुले यस्तो परीक्षण अनिवार्य नभएको तर परीक्षण नगरे विमानमा चढ्न नदिइने बताएका थिए । त्यसपछि उनले बाध्य भएर परीक्षणका लागि अनुमति दिएकी थिइन् ।

परीक्षणका क्रममा गर्भवती नभएको पाइएपछि उनलाई विमान चढ्न दिइएको थियो । हालै क्याथे प्यासेफिकले किनेको बजेट एयरलाइन्स हङकङ एक्सप्रेस एवरवेजले अमेरिकी अध्यागमन कानुनको उल्लंघन नभएको सुनिश्चित गर्ने मापदण्डहरुलाई सन् २०१९ को फरबरीदेखि स्वीकार गर्दै आएको जनाएको छ ।

सन् २००९ यता साइपन समेत रहेको नर्दन मेरियाना आइल्याण्डमा चिनिया पर्यटकहरुलेमात्र ३०२३ बच्चा जन्माएका छन् । गतबर्ष पर्यटकहरुले त्यहाँ ५८२ बच्चा जन्माएका थिए, जब कि गतबर्ष त्यहीका बासिन्दाले जम्मा ४९२ बच्चा जन्माएका थिए ।

यद्यपी अमेरिकी सरकारले कुनै पनि एयरलाइन्सलाई गर्भवती भए नभएको जाँचेरमात्र विमान चढाउन नभनेको जनाइएको छ । यद्यपी त्यहाँका गभर्नर लगायतका स्थानीय अधिकारीहरुले अमेरिकी ट्रम्प प्रशासन, संघीय निकायहरु र होमल्याण्ड सेक्युरिटी समक्ष पर्यटकहरु आएर बच्चा जन्माउने समस्याका बारेमा कुरा उठाउँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com