माछा मार्न गएका तामाङ दाजुभाईको पोर्चुगलमा समुन्द्री छालले बगाएर निधन


प्रकाशित मिति : पुस २८, २०७६ सोमबार

पोर्चुगलमा माछा मार्न गएका एकैघरका दुई दाजुभाईको समुन्द्री छालले बगाएर निधन भएको छ । पोर्तुगल कासकाइसमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका नेपाल घर धादिङका कमल वाईबा तामाङ र श्याम वाईबा तामाङको मृत्यु भएको हो ।

आइतबार दिउसो कासकाइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाएको जनाईको छ । त्यसपछि उनीरुको खोजीकार्य सुरु गरिएको थियो ।

घटनास्थल निकै नै जटिल र चट्टान नै चट्टानको क्षेत्र भएकोले उद्धारमा कठिनायी भएको थियो । दुबै दाजुभाईलाई खोजी गरेर पानीबाट बाहिर निकाल्दा दुबैको मृत्यु भईसकेको थियो ।

उनीहरु नौ महिना अघि मात्रै पोर्चुगल आएको जनाइएको छ । उनीहरु माछा मार्न गएको क्षेत्र माछा मार्नका लागि निकै प्रख्यात रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच नेपाल आदिवासी जनजाती महासंघ पोर्तुगलका अध्यक्ष हेम गुरुङले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुबैजना अतिनै मिलनसार र मेहिनेती रहेको बताउनुभएको छ । तामाङ दाजुभाईको असामयिक निधनले नेपाल आदिवासी जनजाती महासंघ पोर्तुगल अत्यन्तै दुखी भएको उहाँको भनाई छ ।

त्यस्तै डीएस शेर्पाले दुईदाजुभाईको मृत्युप्रति दुख व्यक्त गर्दै मृतका आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै उहाँले दुबैको आत्माको भगवान बुद्धको स्वर्गीय राज्यमा बास होस् भनी हार्दिक श्रद्दान्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ती प्रदान गरोस भन्ने कामना गनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com