इरानद्वारा अमेरिकी सैनिक क्याम्पमाथि फेरि मिसाइल आक्रमण


प्रकाशित मिति : पुस २८, २०७६ सोमबार

इरानले अमेरिकी सैनिक क्याम्पमाथि फेरि मिसाइल आक्रमण गरेको छ । आइतबार इराकमा रहेको अमेरिकी गठबन्धन सेनामाथि आधा दर्जन मिसाइल आक्रमण गरेको हो । टाइम्स डट कमका अनुसार उक्त आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् । इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो । अमेरिकी गठबन्धन सेनाका प्रवक्ताका अनुसार आक्रमणका क्रममा उक्त क्याम्प अमेरिकी थिएनन् । इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका र इरानबीच द्वन्द बढ्दै गएको छ ।

अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा गत बुधबार इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ । दुई देशबीच तनाव चुलिएको भएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जानकारी संयुक्त राष्ट्रसंघलाई समेत गराएको छ । –एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com