लेक्स लिम्बुलाई लण्डनमा ‘सामाजिक कार्यकर्ता’ अवार्ड


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

चर्चित ब्लगर तथा सामाजिक अभियन्ता लेक्स लिम्बुलाई लण्डनमा सामाजिक कार्यकर्ता अवार्डबाट सम्मानित गरिएको छ । इन्टरनेशनल नेपलिज एक्सिलेन्स अवार्ड २०२० अन्तरगत लिम्बुलाई सामाजिक कार्यकर्ता अवार्ड प्रदान गरिएको हो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य र एनआरएनए बेलायतकी अध्यक्ष पुनम गुरुङको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तित्वहरु र सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।

कला, सृजनशिलता, ब्यापार, खेलकुद र सामाजिक लगायतका विभिन्न क्षेत्रमा योगदान दिदै आएका व्यक्तित्वलाई चिनाउन ह्वाब अ मोमेन्ट नामको कम्पनीले अवार्डको आयोजना गरेको हो ।

आफूलाई यो अवार्ड प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिदै लेक्स लिम्बुले भनेका छन् मलाई थाहा छैन म कत्तिको सामाजिक कार्यकर्ता हुँ । तर मलाई सम्मानित गरिएकोमा म कृतज्ञ छु ।

उनी पछिल्लो चरणमा यौनिक विविधता भएकाहरु र सिमान्तकृत समुदायको पक्षमा सामाजिक अभियानमा सकृय रहदै आएका छन् । साथै उनले आफ्ना अभियान र ब्लगकमार्फत नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान दिदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com