आज न्युयोर्कको ट्रेनमा पाइन्ट उतारेर हिड्नेहरु भेटिने


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

आज न्युयोर्क सिटीको सब वे तिर पाइन्ट नलगाएका व्यक्ति देख्नुभएको खण्डमा अचम्म नपर्नुहोला । आजलाई न्युयोर्कमा कतिपयले पाइन्ट उतारेर ट्रेनमा हिड्ने दिनका रुपमा मनाउँछन् ।

दिउसो तीनबजेदेखि ४ बजेसम्म म्यानहटनको फोली स्क्यावरमा जम्मा हुने कार्यक्रम तय भएको छ । फोली स्क्वायरमा भेट भइसकेपछि सबैका लागि कुन ट्रेन चढ्ने भन्ने विभाजन गरिनेछ ।

सब वे भित्र चढिसकेपछि एकअर्कासँग कुराकानी नगरी अपरिचित सरह नै उनीहरु ट्रेनभित्र चढनेछन् । जब ट्रेनको ढोका बन्द हुनेछ, सबैले आआफ्ना पाइन्टहरु उतारेर झोलाभित्र राख्नेछन् । कसैले किन पाइन्ट उतारेको भनेर सोधेमा असहज भएकाले भन्ने जवाफ दिनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि तोकिएको स्टेशनमा झरेपछि पुन अर्को ट्रेनमा चढ्ने कार्यक्रम तय भएको छ । त्यहाँ उनीहरुलाई कसैले किन पाइन्ट नलगाएको भनेर सोधेमा पाइन्ट घरमै बिर्सेको भनेर जवाफ दिनेछन् ।

सबै ट्रेनका बाटोहरु युनियन स्क्वायर हुँदै अगाडि बढ्नेछन् । कार्यक्रममा सहभागी हुनेहरुलाई सकभर दुईवटा अण्डरवेयर पहिरन र अण्डरवेयर धेरै सानो नभई अलिक तलसम्मको पहिरिन सुझाव दिइएको छ ।

धेरै सानो अण्डरवेयर पहिरिदा मान्छेहरु रिसाउन सक्ने भएकाले अरु सर्वसाधारणहरुलाई हसाउने र रमाइलो हुने खालका अण्डरवेयर पहिरिन सुझाव दिइएको छ ।

न्युयोर्कमा यो बर्षको मुख्य कार्यक्रम इम्पु्रभ एभ्रिह्वेयर नामको कम्पनीले गर्ने भएको छ । सन् २००२ देखि सुरुवात गरिएको पाइन्ट नलगाउने दिन अहिले विश्वका ६० भन्दा धेरै सहरमा मनाइन्छ ।

बर्लिनमा पाइन्ट खोलेर ट्रेनमा चढ्दै ।

यसको उद्देश्य केवल रमाइलो गर्नुमात्र रहेको छ । न्युयोर्कमा आज दिउसोको तापक्रम ६० डिग्री फरेनहाइट भन्दा माथि हुनेभएकाले आज त्यती चिसो समेत नहुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com