अस्ट्रेलियाकाे आगाे झन् भयावह बन्दै, प्रधानमन्त्री मोरिसनले मागे माफी


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ  । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । यद्यपि यहाँको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन ।

आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । जति ठूलो डेनमार्कको भाग छ, त्योभन्दा ठूलो अस्ट्रेलियाको भाग आगोको चपेटामा परेको छ । कम्तीमा दुई हजार घर जलेर नष्ट भएका छन्, झण्डै ५० करोड जनावर र पशुपंक्षी जलिसके । अवस्था अझै नाजुक हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।तापक्रमले सबै रेकर्ड तोडेको छ, सुख्खा जङ्गल र तीव्र गतिको हावाको कारण आगो झन् भयावह भएको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो ।

सन् २०१७ देखि न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा लगातार वर्षा कम हुँदै गइरहेको छ । वर्षा नहुँदा कृषि उत्पादन मात्रै घटेको छैन, आगो फैलन पनि मद्दत पुगेको छ । न्यु साउथ वेल्समा झण्डै एक करोड एकडको इलाका जलेर नष्ट भएको छ । गर्मीको मौसममा अस्ट्रेलिया समान्यरुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढेको छ ।

अस्ट्रेलियाको धेरैजसो राज्य आगोबाट प्रभावित भएको छ तर न्यु साउथ वेल्स सबैभन्दा धेरै आगोको चपेटामा परेको छ । अस्ट्रेलियाको ठूलो शहर मेलबर्न र सिड्नी पनि आगोबाट प्रभावित भएको छ । डिसेम्बरको सुरुवातमा सिड्नीको हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो । अस्ट्रेलियामा गर्मीको मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम म्यागेजिनका अनुसार न्यु साउथ वेल्सको झण्डै ३० प्रतिशत जङ्गल जलिसकेको छ । यो हप्ता ५० प्रतिशतसम्म पुग्न सक्ने आशङ्का व्यक्त गरिएको छ । अस्ट्रेलियाको मौसम विभागका अनुसार सन् २०१९ सबैभन्दा गर्मी वर्ष थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्ट्रेलियाकाे तापक्रम बढिरहेकाे छ

आँकडामा अस्ट्रेलियाको तापक्रम सन् १९१० पछि एक डिग्री सेल्सियस बढेको छ । ब्यूरो अफ् मेटिअरोलजीका अनुसार सन् १९५० पछि तापमान धेरै बढ्न सुरु भएको छ । अस्ट्रेलियाले डिसेम्बरमा दुई पटक तापक्रमको रेकर्ड तोडेको थियो । गएको डिसेम्बर १७ मा औसत अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यसको भोलिपल्ट तापक्रम ४१ दशमलव ९ डिग्री सेल्सियस थियो । यो दुवै दिन सन् २०१३ को ४० दशमलव ३ डिग्री सेल्सियसको तापक्रमको रेकर्ड तोडिएको थियो ।

डिसेम्बरको अन्त्यमा प्रत्येक राज्यमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको थियो । यसमा तस्मानिया राज्य पनि सामेल छ, जुन सामान्यरुपमा अन्य इलाकाको तुलनामा चिसो हुने गर्दछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगो (बुशफायर) बाट छुटकारा पाउने तरिकालाई लिएर खेद प्रकट गरेका छन् । आगो र जलवायु परिवर्तनको विषयमा प्रधानमन्त्री मोरिसनको सरकारले आलोचना सहँदै आइरहेको छ ।

आइतबार प्रधानमन्त्री मोरिसनले भने, ‘जमिनस्तरमा केही चीज राम्रो तरिकाबाट सम्हाल्न सकिन्थ्यो ।’ पछिल्लो केही हप्ता न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा आगो प्रभावित इलाकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोरिसनले विरोधको सामना गरिरहेका छन् । यसैका कारण उनले आफ्नो भ्रमण रद्द गरेका छन् । यी दुई राज्य आगलागीबाट बढी प्रभावित भएका छन् । प्रधानमन्त्री मोरिसन न्यु साउथ वेल्स्को कोबार्गाे शहर पुग्दा एक महिलाले फायर सर्भिसको लागि अरु संशाधन माग्न थालिन् । केही व्यक्तिले प्रधानमन्त्रीलाई ‘मूर्ख’ भन्दै ‘तिमीले यहाँबाट भोट पाउने छैनौँ’ भने ।

एबीसीसँगको एक टेलिभिजन अन्तर्वार्तामा मोरिसनले भने, ‘यो संवेनदशील परिस्थिति हो, यो भावनात्मक परिस्थितिसँग जोडिएको छ । प्रधानमन्त्रीलाई पनि मानिसहरुसँग भेट्दा भावना र कमजोरीको आभास हुन्छ ।’ केही मेहिनाअघि उनी छुट्टी मनाउनका लागि विदेश पुग्दा पनि निकै आलोचना र विरोधको सामना गर्नु परेको थियो । -एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com