अमेरिकामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाईस कप’ उदघाटन, बिजेतालाई टोयोटा कार र सुनको कप


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको उदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ ।

समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारी,बरीष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ति बालेर गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिश्वभर छरिएर रहेका नेपालीभाषी तथा नेपालीहरुलाई जोड्ने बृहत अभियानसंगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफु र आफ्नो सस्थाले यो अभियान थालेको काय्रक्रम प्रमुख डिल्ली अधिकारीले सो अवसरमा जानकारी गराए।

समारोहमा एक्रोन स्थित कायाहोगा फल्सका मेयर डन वाल्टर्स , कार्य्रक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताल लगायतले मन्तब्य राखेका थिए । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका कलाकारहरु, नेपालबाट आएका कलाकार ,स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएका बिगत का सिजनका बिजेता कलाकारहरुले कार्यक्रममा आ आफ्नो प्रस्तुती देखाएका थिए ।

वरिष्ठ गायक प्रकाश श्रेष्ठ,वरिष्ठ लोक गायकद्वय प्रेम राजा महत तथा नविन कुमार खड्का, नायक दिलिप रायमाझी , सुशिल छेत्री , मुकेश ढकाल , गायिका सपनाश्री अन्जु पन्त,नायिका सारंगा श्रेष्ठ, पूजा चन्द , मेलिना मानन्धर,अरुणिमा लम्साल, केकी अधिकारी , गायक शिव परियार,जगदीश समाल, बाबु बोगटी,महेश थुलुङ्ग ,किशोर सिवाकोटी , किरण गजमेर राजु लामा ( द एन्जल्स),हास्यकलाकार सन्दिप छेत्री लगायतले आफ्नो जोडदार प्रस्तुति दिएको सो कार्य्रक्रममा करीब पन्ध्र सयको सन्ख्यामा दर्शकको उपस्थिती रहेको थियो ।

८ घण्टा सम्म चलेको सो कार्य्रक्रम संगै “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणमा सहभागीताका लागि फर्म पनि खुल्ला गरिएकोछ । इच्छुक ब्यक्तीहरुले सहभागीताका लागि ” मेरो डान्स कपको फेसबुक पेजबाट आबेदन दिन सक्नेछन ।

अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपालीभाषीहरुले यि प्रतियोगीताहरुमा भाग लिन पाउने छन । बिजेतालाई टोयोटा कार, सुनको कपसंगै थुप्रै आकर्शक पुरस्कारहरु प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलिप रायमाझीले जानकारी गराएका छन ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com