बेनेलक्समा यसरी गरियो भ्रमण बर्षको सुरुवात


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

नेपाली दूतावास ब्रसेल्सले औपचारिक रुपमा नेपाल भ्रमण बर्ष २०२० को सुरुवात गरेको छ । ब्रसेल्सको सोफिटेल होटलमा आयोजित कार्यक्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग अर्थात् बेनेलक्स क्षेत्रका लागि नेपाली राजदूत लोकबहादुर थापाको विशेष पहलमा विदेशी पाहुनाहरुलाई कार्यक्रममा उपस्थीत गराइएको थियो । युरोपियन युनियनका लागि समेत नेपाली राजदूत थापाले त्यस क्षेत्रमा विगत लामो समयदेखि नेपाली पर्यटन प्रवद्र्धनका लागि उल्लेख्य पहल गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा युरोपियन संसद सदस्यहरुको उल्लेख्य उपस्थीति रहेको थियो भने बेल्जियमका सरकारी अधिकारीहरु, युरोपियन कमिसनका उच्च अधिकारीहरु, राजदूतहरु, कुटनीतिक निकायका सदस्यहरुको उपस्थीति रहेको थियो । त्यस्तै बौद्धिक समुदाय, संचारकर्मीहरु, फोटोपत्रकारहरु, यात्रासम्बन्धि लेखकहरु, विभिन्न एयरलाइन्सका प्रतिनिधिहरु, सामाजिक कार्यकर्ताहरु, विभिन्ने नेपाली संघ संस्थाका प्रतिनिधिहरुमाझ भ्रमण बर्षको सुरुवात गरियो ।

बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका क्षेत्रका पर्यटकहरु नेपाल भित्राउने उद्देश्यले उक्त क्षेत्रमा भ्रमणबर्षको कार्यक्रम गरिएको हो । दक्षिण एसियाका राष्ट्रहरुसँगको सम्बन्धका लागि युरोपियन संसदका प्रतिनिधिमण्डका अध्यक्ष बारोनेस नोशीना मोबारिक, युरोपियन एक्स्टर्नर एक्सन सर्भिसका डेपुटी सेक्रेटरी जनरल, बेल्जियमको सिन्ट निकालस सिटीका मेयर लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपालको सौन्दर्यताका भिडियोहरु देखाइएको थियो भने नेपाली कला संस्कृति समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमकै एउटा भागका रुपमा फोटो प्रदर्शनी समेत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com