न्युयोर्कमा १० बर्षका नेपाली बालकको सरकारी गाडीको ठक्करबाट निधनपछि मेयरबाट दुख व्यक्त


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालकको मृत्यु भएकोमा न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले दूख व्यक्त गरेका छन् । उनले बालकको मृत्यु भएकोमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

ब्लाजिओले घटनाबारे अनुसन्धान भइरहेको र चालकलाई निलम्बन गरिएको जानकारी दिएका छन् । न्युयोर्क निवासी पुरुषोत्तम पन्थी र मिना पन्थीका छोराको दुर्घटनामा निधन भएको हो ।

मंगलबारविहान स्कुल जाँदै गर्दा बच्चा र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने सरकारी ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि घाइते आमाछोरालाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएकोमा छोराको उपचारका क्रममा निधन भएको हो । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्वीर प्रकाशधर तुलाधरको सामाजिक सञ्जालबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com