न्युयोर्क कोरोनामा गाडीको ठक्करबाट नेपाली बालकको मृत्यु


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

न्युयोर्कको कोरोनामा गाडीको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ । मंगलबारविहान स्कुल जाँदै गर्दा बच्चा र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो ।

ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र्ट अस्पतालमा उपचारका लागि लगिएकोमा १० बर्षका छोराको उपचारका क्रममा निधन भएको छ । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको छ भने न्युयोर्कका मेयर ब्लाजिओले घटनालाई अत्यन्तै हृदयविदारक भएको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ भने गाडी चालकलाई निलम्बन गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com