असन्तुलित महिला अधिकार

प्रकाशित मिति : चैत्र ४, २०७३ शुक्रबार

रविना फुयाल / सँगै हुर्के बढेकी साथीको बिहेको खबर सुनेर गौरी अचम्म मानिरहेकी थिई भने आफूलाई आएको प्रस्ताव पनि मनन गर्दै थिई। सानैदेखि सँगै स्कुल जाने आउने मात्र होइन, उनीहरू सँगै गृहकार्य गर्थे । घास दाउरा गर्न जंगल जाँदा पनि सँगै हुन्थे।

दुवैले एस.एल.सी राम्रै अंकले उत्तीर्ण गरे । उमेर पनि फरक थिएन उनिहरुबिच । दुवै बिस पुरा भई एक्काइस लागेका। फरक थियो त मात्र गौरिको असाधारण जिद्धिपना । जसले ऊ आफूले चाहेको कुरा प्राय पुरा गरेरै छाड्थिन । सरिता लजालु स्वभावकी थिइन् ।

नेपाली समाज, त्यसमाथि गाँउले परिवेश जहाँ छोरीको जन्मदेखि नै उसको कर्मघरको चिन्ताले आमाबाबुलाई पिरोलिरहन्छ। यही पिरले सरिताका बाबुआमालाई सधैँ सताइरहन्थ्यो । खुशीको कुरा सरिताको गाउकै जमिनदारको छोरासगँ विवाह भयो । आफ्नी छोरीलाई जमिनदारको घरकी बुहारी बनाउन पाँउदा खुशी थिए सरिताका बाबुआमा। आफूले सँगै जिन्दगी बिताउने मान्छेले कति पढेको छ, कति समझदार अनि सचेत छ भन्ने कुरामा न त सरिता चनाखो थिई न त उसका बाबुआमा नै।

छोरी धनाढ्य घरको बुहारी हुने सपनाले उसका बाबुआमाको अरू सोचबिचार नै गरेका थिएनन् । बिहे भयो। वर्षदिन नबित्दै सरिताको रुदै माइत धाउने सिलसिला सुरु भयो। रक्सी खाएर सधैँ हातपात गर्ने लोग्नेको कुटाइ खाएपछी ऊ रुन्थी, कराउथि अनि चुप लाग्थी । उसको यो दयालाग्दो दिनचर्या परिवर्तन गर्न धनसम्पतीले केही गरेन। महिला अधिकार र यस्ता हिंसाको विरुद्ध रहेको कानुनी उपचारका बारेमा पनि अन्जान रहनुले उसलाई थप पीडित बनाइरहेको थियो । विवश बनाइरहेको थियो।

त्यसबीच गौरिको पनि काठमाडौँको राम्रै परिवारको केटासगँ बिहे भयो । गौरी काठमाडौँको रहनसहनमा रम्न थालेकी थिई । उसको श्रीमान् हरबखत उसको इच्छा र जिद्धिपन पुरा गर्न तत्पर। माइतीघरमा हुँदा तिजको व्रत बस्ने दिनअघि आफ्नी आमाले पकाएको दरमा रमाउने गौरीलाई अब महिनौँ अघिदेखी पार्टी प्यालेस धाउने बानी परेको थियो । उसको लोग्नेले यो सब कुरालाई अनावश्यक ढोङको संज्ञा दिएर रोक्न खोज्दा ऊ नारी स्वतन्त्रता र महिला अधिकारको संज्ञा दिन्थी। उसको अपूरणीय इच्छा अनि जिद्धिपनको कारण उनीहरू अब सँगै बस्न नसक्ने भईसकेका थिए । जसको एउटै उपाय सम्बन्धविच्छेद नै थियो ।

सम्बन्धविच्छेद गरी उनले लोग्नेको आधा सम्पत्ति लिएर गई । अर्को विवाह गरी अनि त्यो पनि यसरी नै टुंगियो। उसका लागि नारी स्वतन्त्रता र अधिकारको अर्थ यस्तै थियो । उता सरितासँग भने आफूमाथि दिनहु हुने हिंसाविरुद्ध औंला उठाउने सामर्थ्य पनि थिएन। कारण, जति पनि महिला अधिकारका कुरा उठ्थे ती सबै सरिता र सरिताजस्ता महिलाहरूको दायराभन्दा पर थिए। यसरी फरक परिवेश तर एउटै देशका दुई महिलाका लागि नारी स्वतन्त्रता र महिला अधिकारको पर्याय नै फरक भएपछि समानताको अस्तित्व कहाँ रह्यो त?
रविना नेपाल ल क्याम्पसमा अध्ययन गर्दै हुनुहुन्छ ।   महिला खबर

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com