भैरहवा ,२० पुस । सशस्त्र प्रहरी बल नेपाल नं.३८ गुल्म हे.क्वा. राजस्व भन्सार सुरक्षा गस्ती रुपन्देहीले अवैध मोटरपार्ट्सका सामान बरामद गरेको छ।सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीको कमाण्डमा खटिएको गाडी मोबाइल टोलिले चेक जाँच गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका -१ स्थित डण्डा इलाका बाट आइतबार उक्त सामान बरामद गरेको हो ।
पिबिवानवानएडबलु २८९९ नम्बरको फोर्ड फिगो भारतिय कारको सिट मुनि र डिक्किमा लुकाइछिपाइ भारतबाट नेपालतर्फ ल्याउदै गरेको विभिन्न किसिमका मोटरपार्ट्सका सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहीले बताए। भन्सार छलेर अवैध सामान ल्याउन प्रयोग गरिएको गाडी र सामान भैरहवा भन्सार कार्यलय पठाइएको उनले बताए । मोटरपार्ट्सको भन्सार मुल्य १ लाख १३ हजार र गाडिको मुल्य १० लाख गरी ११ लाख १३ हजार कायम गरिएको उनले जान्कारी दिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।