विश्वकै सबैभन्दा बढी उमेरकी केन तानाकाले मनाइन् ११७ औं जन्मदिन


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला जापानकी केन तानाका ११७ बर्षमा प्रवेश गरेकी छिन् । फुकुओकामा ११७ औं जन्मदिन मनाउँदै उनी गिनिज बुकमा विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको रुपमा कायम रहन सफल भएकी हुन् ।

नर्सिंग होममा कर्मचारीहरु र साथीहरुका माझमा उनले जन्मदिन मनाएकी हुन् । आफ्नो बर्थडे केकको टुक्रा खाँदै उनले निकै स्वादिलो रहेको र अरु पनि खान चाहेको बताएकी थिइन् ।

गत मार्च ९ मा गिजिज बुकले तानाका विश्वकै सबैभन्दा बढी उमेरकी जिवित व्यक्ति रहेको भन्दै रेकर्ड दर्ता गराएको थियो । सन् १९०३ मा जन्मिएकी तानाकाले सन् १९२२ मा विवाह गरेकी थिइन् ।

अमेरिकाकी सबैभन्दा बृद्ध महिला न्युयोर्क निवासी अलेलिया मर्फीको गत नोभेम्बरको अन्तिम साता ११४ बर्षको उमेरमा निधन भएको थियो। उनी गत जुलाईमा ११४ बर्षको उमेरमा प्रवेश गरेकी थिइन् भने सबैभन्दा बृद्ध जीवित अमेरिकनको उपमा पाएकी थिइन् ।

निधन हुँदा उनी ११४ बर्ष १ सय ४० दिनकी थिइन् । मर्फीको जन्म अमेरिकाको नर्थ क्यारोलिनामा भएको थियो भने पछि न्युयोर्कको म्यानहटनमा बसाई सरेकी थिइन् ।

मर्फीको निधनपछि अब सबैभन्दा बृद्ध अमेरिकीमा साउन क्यारोलिनाका हेस्टर फोर्ड पहिलो नम्बरमा आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com