मुस्ताङको सौन्दर्यता झल्कीयो दोहोरीमा, गीत निकाल्न अमेरिकाबाट मुस्ताङ पुगिन् संगिता


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो स्थान बनाएकी गायिका संगिता थापा मगर मुस्ताङको भौगोलीक सुन्दरताको प्रशंसा गर्दै गित गाएकी छन् ।

चर्चित सर्जक रमेश बिजीको शब्द, बिबी अनुरागीको संगितमा गायक रामजी खांडले साथ दिएको गित गाउन संगिता अमेरिकाबाट मुस्ताङ पुगेकी हुन् । लोमन्थाङमै बसम् नामक गितमा मुस्ताङको बिभिन्न सुन्दर तथा पर्यटक क्षेत्रलाई राम्रो संग देखाइएको छ ।

भिडियो हेर्नुहोस् ।

धौलागिरी, निलगीरी देखी कागबेनी क्षेत्रका सुन्दर दृश्य देख्न सकिने गित लाफा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक खांड र गायिका थापाले नै अभिनय गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रमण बर्ष २०२० लाई सहयोग गर्ने उद्धेश्यले आफुहरुले नेपालकै सुन्दर पर्यटक स्थल मुस्तागंलाई रोजेर गित निमार्ण गरेको गायिका थापाले बताईन् । थापाका अनुसार धेरै नेपालीहरुलाई नै मुस्ताङको सुन्दरताको बारेमा थप जानकारी होस् र आन्तरिक पर्यटक समेत बढुन् भनेर गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टले निर्माण गरेका हुन् ।

आफुहरुलाई गण्डकी प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ लगायतका बिशिष्ट ब्यक्तीहरुले यस गित निर्माणका क्रममा धेरै सहयोग गरेको भन्दै गायीका थापाले सबैमा धन्यबाद दिएकी छन् ।

लोक दोहोरीको स्टेजमा राम्रो गायिका मानिने थापा बिगत केहि बर्षदेखी अमेरिकामा बस्दै आएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com