अमेरिकामा सिँढीबाट लडेका नेपाली विद्यार्थीको मृत्यु, अन्त्येष्टीका लागि आर्थिक संकलन


प्रकाशित मिति : पुस १९, २०७६ शनिबार

अमेरिकामा सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका नेपाली विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको म्यासाचुसेट्समा बस्दै आएका रौतहटका २२ वर्षीय हिमाल तिमल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो ।

गत सोमबार आफनै निवासको सिँढीबाट लडेर उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो । स्थानीय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले मृतकको अन्त्येष्टिका लागि गोफन्डमीमा आर्थिक संकलनको अभियान थालेको छ । १५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा यो समाचार तयार पार्दासम्म ११ हजार डलर संकलन भएको छ ।

सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

तिमल्सिना सन २०१४ मा स्नातक तहको शिक्षाका लागि अमेरिका आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com