प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद


प्रकाशित मिति : पुस १६, २०७६ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उनीहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उनीहरुले व्यक्त गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा आज प्रधानमन्त्री तहमा संवाद भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान १०ः३० ले टेलिफोन संवाद गरेको उनका प्रेस सल्लाहकार थापाले जानकारी दिए । उनीहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गरेको र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राखेको चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे ।

टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु¥याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गरेको थापाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गरेका थिए । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com