तमु परिवार न्युयोर्क ले ‘तमुल्होसार’ पर्व मनायो


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

सदा झैं यस वर्ष पनि तमु परिवार न्युयोर्क  ‘तमुल्होसार’पर्वधूमधाम संग मनाएको छ । न्युयोर्क,न्युजर्सी लगायत विभिन्नशहरका बाट आएका गुरुङ समुदायले आफ्नो भेषभुषामासजिएर पर्वलाई मनाएका छन ।
तमु परिवार का कार्यकारी सदस्य अमर गुरुङका अनुसार प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ । सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।सदस्य गुरुङले बताए ।

सहभागी माया गुरुङ ले गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । उनले बताईन ।
सोही अवसरमा तमु परिवारका आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो । गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं भेषभुषा खाना का साथै रोधी, घाटू नाच लगायत युवाहरुले नेपाल र नेपालीपन झल्किने संगीत र नृत्यहरू प्रस्तुत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com