अफगानिस्तानमा सरकार समर्थक फौजलाई लक्षित गर्दै भएको आक्रमणमा १४ जना मारिएका छन् । सोमबारको उक्त आक्रमणको जिम्मा तालिबान समूहले तत्कालै लिएको छ ।
तालिबान अधिकारीले देशव्यापी युद्धविरामको घोषणा गरेको केही घण्टामै यस्तो घटना भएको हो ।नवाजन प्रान्तस्थित सरकार समर्थक फौजमाथि सोमबार बिहान आक्रमण भएको हो । सरकारका प्रवक्ता अब्दुल मरुफ अजरका अनुसार पाँचजना फौजी सिपाही घाइते छन् । यसअघि मात्रै कुन्दुज प्रान्तमा तालिबानी हमलामै १७ जना सिपाहीको मृत्यु भएको थियो । गत शुक्रबार भने हेलमन्द प्रान्तमा १० सिपाही मारिएका थिए ।-एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।