अमेरिकामा उधौली, जाँडले विधिवत पितृ पूजा


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका केन्द्रीय समितीको संयोजनमा न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्प्शायर राज्यमा भब्य रुपमा किरात राई हरुको चाड उधौली संगै यलम्बर नाइट सम्पन्न गरेको छ ।

उक्त सभामा प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै आदिवाशी जनजाती महासंघ अमेरिकाका सभापति लोक चेम्जोङ्गले नेपालका आदिवाशी जनजाती हरुको संस्कार संस्कृती चाडहरु संसारमा फैलिएको र यसले सचेतना र जनजागरणको काम गरेको बताउनुभयो । उहाले नेपालका आदिवाशी जनजातीहरुको अधिकारका लागी संसारमा रहेको आदिवाशी जनजातिको संस्थाहरु लाई ग्लोबलाइजेसन गरेर एक बृहत संगठन बनाउनु पर्ने चर्चा भै रहेको बारे बताउनु भयो ।

कार्यक्रमका सभापतिअर्गनाईजेसनका केन्द्रिय सभापति मुना राईले हामी नेपालीहरु संसारको जुनसुकै भागमा रहेपनि आफ्नो संस्कार संस्कृति आफु संगै लगिएको हुनाले यो सात समुन्द्र पारी पनि किरात राईहरुको साकेला उधौली उभौली मनाउने गरिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुइ चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा तयामा खियाम रैछाकुले र यलम्बरको तस्विरमा माल्यार्पण तथा अदुवा, जाँडले विधिवत पितृ पुजा गरी कार्यक्रमको शुरुवात गरिएको थियो । अर्गनाइजेसनका न्युइंग्ल्याण्ड च्याप्टर सभापतिले स्वागत भासन गर्नु हुदै न्यु हेम्प्शायर राज्य मा रहेको बिभिन्न संघ संस्था हरुको सहयोग सद्भावनाको सराह्नना गर्नु भयो ।

उक्त समारोहमा नेपालबाट भर्खरै यस राज्यमा आउनु भएका किरात राईहरु दङ्ग कुमारी राई ,राजेश राई शहिद भूमी गाउपालिका धनकुटा,निरन राई, सबिना राई धरान सुनसरीलाई खादा लगाएर स्वागत गरिएको थियो भने अर्गनाइजेसनको सदस्य यु एस आर्मीको आधारभूत तालीम सकेर आउनु भएका सुप्रिम राईलाई प्रमाण पत्र र खादा लागाएर सम्मान गरिएको थियो ।

पहिलो सभाको संचालन अर्गनाइजेसनका न्युइंग्ल्याण्ड च्याप्टर महासचिव शेखर राईले संचालन गर्नु भएको थियो । एन आर एन लगाएत बिभिन्न नेपाली संघ सस्थाको प्रतिनिधी हरुलाई आसन ग्रहण सहित खादा लगाएर सम्मान गरिएको थियो ।

सो कार्यक्रममा न्यु हेम्प्शायर नेपाली कम्युनिटिका अध्यक्ष सोम गुरुङ,एन आर एन ए न्यु हेम्प्शायर च्याप्टर अध्यक्ष डम्बर कडरिया,अन्तररास्ट्रिय साहित्य समाजका अध्यक्ष हरिमाया अधिकारी,प्रमुख सम्पादक इश्वरी भट्ट,तमु समाज न्यु हेम्प्शायर अध्यक्ष छत्र कुमारी गुरुङ,बोस्टन तमु समाजका अध्यक्ष मीन गुरुङ,जनजाती महासंघ न्यु हेम्प्शायर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङ,बोस्टन मगर समाजका अध्यक्ष सरिना राना मगर,बुद्द समाज न्यु हेम्प्शायर का प्रमुख सल्लाहकार लोक लामा,युनाइटेड किरात राई अर्गनाइजेसनका न्यु योर्क च्याप्टर सभापति केशबराम राई,अन्तररास्ट्रिय मार्सल आर्ट्स एसोसियसन न्यु योर्क प्रोपाइटर तथा करातेका अन्तररास्ट्रिय रेफ्री पर्खी खालिङ्ग राई लगायत हुनुहुन्थ्यो ।

दोश्रो सेसन सांस्कृतिक कार्यक्रमको थियो । यसको संचालन अर्गनाइजेसनका महासचिव जय राईले संयोजन सल्लाहकार धौलवीर राईले गर्नु भएको थियो ।

विभिन्न गीत र नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियोरत्यहा प्रस्तुत गरिएको नृत्यको कोरियो ग्राफर भिम मगर हुनु हुन्थ्यो । नृत्य मा कृतिका,सबिता ,बसन्ती,कन्चन गुरुङ ,इन्दु गुरुङ,शुभना,श्रीजना,प्रतीक्षा,देश,सबिन,उदय,निर्जन,माया,कन्चन गुरुङ ,इन्दु गुरुङ, लगाएत हुनु हुन्थ्यो भने गायनमा ज्योजो लिङ्ग राई,राकेश राई बसन्ती राई,चन्द्र राई हुनु हुन्थो ।

बासुरी धुन कर्ण राई र सहयोगीहरु साइमोन राई,स्मिथ गुरुङ,राजेश राई,हुनु हुन्थ्योर डि जे राजेन्द्र राई हुनु हुन्थ्यो ।

उक्त कार्यक्रममा नेपालका पर्यटन दुत मिसेस नेपाल टुरिजम २०१९ छिरिङ्ग डोल्मा शेर्पाले भिजिट नेपाल २०२० को फ्लेयर बाड्नु भएको थियो । उक्त कार्यक्रमलाई किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राइले शुभ कामना शन्देश पठाउनु भएको थियो ।

त्यसरी नै युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका डि एम भी पी लोकल च्याप्टर,क्यालीफोर्निया लोकल च्याप्टरले समेत शुभ कामना संदेश पठाउनु भयो । न्यु योर्क लोकल च्याप्टरबाट केशब राम राईको नेतृत्वमा थुप्रै सहभागी हुनु हुन्थ्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com