अमेरिकामा लवकुमारको गीति संग्रह ‘मायाको घर’ एक दर्जन कलाकर्मीद्वारा बिमोचन


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

प्लस ९७७ डट नेटको आयोजनामा  मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएको छ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन ।

कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि महाबाणिज्य दुत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समय देखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लो बस्ती रहेको शहर बाल्टिमोरमा आफ्नो गीती संग्रहको बिमोचन गरेका हुन् । कार्यक्रममा लोक गायिका एवम मोडल शान्ती भण्डारीले स्वागत मन्तब्य राख्दै गीतकार लवकुमार बुढाथोकीको छोटो परिचय दिएकी थिइन् ।

बुढाथोकीले रचेका गीतहरुलाई नेपालका चर्चित गायक, गायिका शिव परियार ,उदय सोताङ्ग ,मेलिना राई लगायतले स्वर दिएका छन् । बिमोचन कार्यक्रममा बोल्दै लेखक बुढाथोकीले दिग्गज कलाकारहरुको माझमा आफ्नो गीतिसङ्रह बिमोचन गर्न पाउँदा आफू निकै हर्षित भएको र सौभाग्यशाली भएको बताए ।

कार्यक्रममा दिलिप रायमाझी,पूजा चन्द लामा ,गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे ,बाना अध्यक्ष सुबोध पन्त लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रमुख अतिथि प्रेम राजा महतले गीतकार बुढाथोकीको प्रशंसा गर्दै गीतिसङ्रह को लोकप्रियाताको कामना गरे।

चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले सन्चालन गरेको उक्त कार्यक्रममा नायक दिलिप रायमाझी, मेलिना मानन्धर ,पूजा चन्द, मुकेश ढकाल, शुशन्क मैनाली, सृजन ताम्राकार ,कन्हैया सिंह , कुमार कार्की , बाबुराम ढकाल , बानाका संस्थापक अध्यक्ष मोहन थापा , पूर्व अध्यक्ष बिजय श्रेष्ठ, एन्जेल ब्याण्डका राजु लामा लगायतको उपस्थिति रहेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com