नेपालमा हवाई सेवा सञ्चालन गर्न बहराईन सकारात्मक


प्रकाशित मिति : पुस १२, २०७६ शनिबार

बहराईन/
बहराईनले नेपालसंग सिधा हवाई सेवा सञ्चालन गर्न चासो देखाएको छ । बहराईनका उद्योग वाणिज्य एवं पर्यटनमन्त्री जायद विन रसिद अल जायनीले नेपालसंग सिधा हवाई सञ्जाल विस्तार गर्न अनिवार्य भएको बताउनुभएको हो । भ्रमण वर्षको निम्तो दिन पुगेका नेपाली राजदुत पदम सुन्दाससंगको भेटवार्ताका क्रममा पर्यटन मन्त्री जायनीले नेपालको सुन्दरताले आफुलाई लोभ्याएको तथा दुईमुलुकवीचको पर्यटन विस्तार तथा विविधिकरणका लागि सीधा हवाईसञ्जालको आवश्यक्तामा जोड दिनुभएको हो ।
उहा“ले भन्नुभयो, पर्यटन तथा व्यपापार प्रर्वद्धन गर्न नेपाल र बहराईनवीच सिधा हवाई सम्पर्क अनिवार्य रहेकाले मैले प्रयास गरिरहेको छु । यसका लागि गल्फ एयरका अधिकारीहरु इच्छुक देखिएका छन् । छिट्टै छलफल गर्नेछु ।
बहराईनले अन्तराष्ट्रिय उडानका लागि केही जहाजहरु थप्ने तयारी गरिरहेको भन्दै पर्यटन मन्त्री जायनीले नेपाल समेत उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
मन्त्री जायनीले सन २०२० भित्रै नेपालको भ्रमण गर्ने प्रतिवद्धता समेत जनाउनुभएको बहराईनका लागि नेपाली राजदुत सुन्दासले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com