न्यूयोर्कमा बेथेल नेपाली मण्डली द्वारा ‘क्रिसमस डे’ मनाइयो


प्रकाशित मिति : पुस ९, २०७६ बुधबार

दीपक परियार

क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे विश्वभर मनाईरहेका छन् भने अरू धर्मालम्बीहरू पनि क्रिसमसको रमझममा सरिक भएका छन् ।ईसाई धर्मावलम्बीहरुको महान चाड ‘क्रिसमस डे’ धुमधामका साथ मनाइएको छ। येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरू बीच न्यूयोर्कमा बेथेल नेपाली मण्डली ले भव्य कार्यक्रम आयोजना गरी ख्रीस्टमस दिवस मनाएको छ । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन्।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको मान्यता छ।

क्रिश्चियन धर्मावलम्बीले एकापसमा शुभकामना आदानप्रदान गरेका छन । बेथल मण्डली का पास्टर पावल राईले नेपाली समुदाय बीच हरेक वर्ष यसरी नै धूमधाम संग परमेश्वरको जन्मोत्सव मनाउँदै आएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब २५० नेपाली समुदाय का बीच भएको शुभकामना आदानप्रदान कार्यक्रमको संचालन डेविट चटौत र धन्यवाद ज्ञापन तथा अन्तिम प्रथाना रायन लामघादे ले गर्नु भएको थियो । साथै मण्डलीका कलाकारहरू ले गीत र नृत्य बाट बेजोड प्रस्तुती गरेका थीए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com