देशनिकालाको प्रकृया तीब्र पार्न अमेरिकी अध्यागमन अदालतमा थपिए २८ न्यायाधिस


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

देशनिकालाको प्रकृया तीब्र पार्ने उद्देश्यले अमेरिकी सरकारले अध्यागमन अदालतमा २८ न्यायाधिस थप गरेको छ । महान्यायाधिवक्ता विलियम बारले गहन आवेदन प्रकृयापछि उनीहरुलाई नियुक्त गरेका हुन् ।

न्युयोर्कका अध्यागमन अदालतका लागि ६ जना न्यायाधिसहरु थप गरिएको छ, जसमध्ये चारजना फेडरल प्लाजा अध्यागमन अदालतका लागि र एकजना भेरिक अध्यागमन अदालतका लागि तोकिएको छ । अब ४६५ जना अध्यागमन न्यायाधिसहरु बेन्चमा भएका छन् ।

यसअगाडि गत अक्टोबरमा २७ जना नयाँ अध्यागमन न्यायाधिसहरु थपिएको थियो । जसमध्ये ७ जना न्यायाधिसहरु न्युयोर्कमा थप गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मे महिनामा पनि १८ जना अध्यागमन न्यायाधिसहरु थपिएको थियो । यसैबर्षको मार्चमा पनि ३१ जना अध्यागमन न्यायाधिसहरु थप गरिएको थियो ।

गतबर्षको सेप्टेम्बरमा ४६ जना र अगस्तमा २३ जना अध्यागमन न्यायाधिसहरु थप गरिएको थियो । अमेरिकी अध्यागमन अदालतमा मुद्दाको चाप बढेपनि न्यायाधिसहरुको संख्या थप्ने क्रम पनि जारी रहेको छ । यद्यपी अमेरिकी अध्यागमन अदालतमा मुद्दाको ब्याकलग अहिले पनि निकै चर्को रहेको छ ।

ट्रम्प प्रशासनले अहिलेसम्म झण्डै साढे २ सय अध्यागमन न्यायाधिसहरु नियुक्त गरिसकेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com