देशनिकालाको प्रकृया तीब्र पार्न अमेरिकी अध्यागमन अदालतमा थपिए २८ न्यायाधिस


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

देशनिकालाको प्रकृया तीब्र पार्ने उद्देश्यले अमेरिकी सरकारले अध्यागमन अदालतमा २८ न्यायाधिस थप गरेको छ । महान्यायाधिवक्ता विलियम बारले गहन आवेदन प्रकृयापछि उनीहरुलाई नियुक्त गरेका हुन् ।

न्युयोर्कका अध्यागमन अदालतका लागि ६ जना न्यायाधिसहरु थप गरिएको छ, जसमध्ये चारजना फेडरल प्लाजा अध्यागमन अदालतका लागि र एकजना भेरिक अध्यागमन अदालतका लागि तोकिएको छ । अब ४६५ जना अध्यागमन न्यायाधिसहरु बेन्चमा भएका छन् ।

यसअगाडि गत अक्टोबरमा २७ जना नयाँ अध्यागमन न्यायाधिसहरु थपिएको थियो । जसमध्ये ७ जना न्यायाधिसहरु न्युयोर्कमा थप गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मे महिनामा पनि १८ जना अध्यागमन न्यायाधिसहरु थपिएको थियो । यसैबर्षको मार्चमा पनि ३१ जना अध्यागमन न्यायाधिसहरु थप गरिएको थियो ।

गतबर्षको सेप्टेम्बरमा ४६ जना र अगस्तमा २३ जना अध्यागमन न्यायाधिसहरु थप गरिएको थियो । अमेरिकी अध्यागमन अदालतमा मुद्दाको चाप बढेपनि न्यायाधिसहरुको संख्या थप्ने क्रम पनि जारी रहेको छ । यद्यपी अमेरिकी अध्यागमन अदालतमा मुद्दाको ब्याकलग अहिले पनि निकै चर्को रहेको छ ।

ट्रम्प प्रशासनले अहिलेसम्म झण्डै साढे २ सय अध्यागमन न्यायाधिसहरु नियुक्त गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com