आठ महिनाको नेपाली बच्चाको पोर्चुगलको एक बेवीकेयर स्कुलमा आकस्मिक मृत्यु


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

भक्तपुर, दुहाकोट घर भै विगत डेढ बर्षदेखी पोर्चुगलको लिस्बोनमा बस्दै आएका दम्पत्ति विनोद धिमाल र अम्बिका धिमालका आठ महिनाका छोरा अविरल धिमालको लिस्बोनको बेवीकेयर स्कुल (डा.सालगुयरियो दि अल्मेदा )मा सोमबार मृत्यु भएको छ ।

बच्चाको मृत्युबारे हालसम्म रहस्य खुल्न सकेको छैन । अविरल स्कुल जानु अगाडी कुनै बिरामी नभएको तन्दुरुस्त अवस्थामा नै स्कुल गएको र पत्याउनै नसकिने गरि यस्तो घटना घटेको परिवार श्रोतले बताएको छ ।

बच्चाको मृत्यु स्कुल समयमा भएकोले मृत्युबारे थप अनुसन्धान भैरहेको छ । यतिबेला शव पुलिस नियन्त्रणमा सेन्टजोसेफ अस्पताल शव गृहमा रहेको र आज परिवारलाइ अन्त्यष्ठि ब्यवस्थापन एजेन्सी मार्फत जिम्मा लगाइने श्रोतले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बच्चाको दाहसंस्कार भोलि दिउसो तिन बजे श्रद्धान्जली कार्यक्रम पश्चात गरिने परिवार श्रोतले जनाएको छ ।

बच्चाको दाहशंस्कारका लागि करिब दुइलाख नेपाली रुपैया लाग्ने बताइएको छ ।

साथै आबश्यक सहयोग जुटाउने विषयमा आजै परिवार सँग छलफल गरि निर्णय गरिने एन.आर.एन. पोर्चुगलका उपाध्यक्ष शम्भु गौतमले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com