मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली, २०० नेपाली परिवारको सम्पर्कबाहिर


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ ।

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् ।

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका पिएनसिसीका कार्यक्रम संयोजक शान्ति सिंह बताउनुहुन्छ ।

पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आग्रह गरेका थिए । सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन् । यस्तै १०४ कामदारको खोजी भइरहेको संयोजक सिंह बताउनुहुन्छ । ५३ कामदारको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको छ । हराएको ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् । यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०/२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३÷१३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।

परिवारको सम्पर्क बाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिएको उहाँको भनाइ छ । वैदेशिक रोजागरीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभाग, उनीहरुको वृत्तचित्र, फोटोलगायतको माध्यमबाट खोजी गरिने संयोजक सिंह बताउनुहुन्छ ।

विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ ।

कामको सिलसिलामा विभिन्न मुलुक पुगेका आप्रवासी कामदारका विस्तृत जानकारीसहितको तथ्याङ्क सङ्कलन प्रणाली स्थापना गर्न पिएसिसीले सरकारलाई सुझाव दिएको छ । यस्तै पूर्वप्रस्थान अभिमुखीकरण तालीममा कामदार हराउनु वा सम्पर्कमा नआउनुका कारणका बारेमा जानकारी दिनुपर्नेमा जोड दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com