कामदार कार्डको आवेदनमा मध्य युरोपियन राष्ट्रले ल्यायो नेपालीका लागि लोटरी प्रणाली


प्रकाशित मिति : मंसिर २९, २०७६ आईतबार

अब मध्य युरोपियन राष्ट्र चेक रिपब्लिकले न्यु दिल्लीमा रहेको दूतावासबाट कामदार कार्डको आवेदन दिने नेपालीहरुका लागि इमेलमार्फत अप्वाइन्टमेन्ट लिने प्रणाली खारेज गरिदिएको छ । नेपालीका साथमा बंगालादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंकाका लागि समेत इमेलमार्फत अप्वाइन्टप्रणाली खारेज गरिएको दूतावासले जनाएको छ ।

अब इमेलमार्फत अप्वाइन्टमेन्टको साटो नयाँ लोटरी प्रणाली लागु गरिएको छ । नयाँ प्रणाली अन्तरगत चेक रिपब्लिकको विदेश मन्त्रालयले सन् २०२० को जनवरी र मार्चको बीचमा कामदार कार्ड आवेदनका लागि ३३ जना आवेदकहरुलाई लोटरी प्रणालीमार्फत छनौट गर्नेछ ।

तर डिसेम्बर ११, १३ र १६ मा आवेदन दिएकारुहरुलाईमात्र लोटरी प्रणालीमा सहभागी बनाइनेछ । न्यु दिल्लीमा रहेको चेक रिपब्लिक दूतावासले नेपालीका साथमा बंगालादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंकाका नागरिकका लागि गत अगस्तमा अनलाइन अप्वायन्टमेन्ट प्रणालीको लागु गरेको थियो ।

दूतावासले हरेक महिना ७३ आवेदन लिने भनिएपनि ती आवेदनहरु ह्याण्डल गर्न नसकेपछि उक्त प्रणाली खारेज गरिएको छ । धेरै आवेदन परेपछि न्यु दिल्लीमा रहेको दूतावासलाई हम्मे हम्मे परिरहेको छ । तर यो उपाय दीर्घकालिन भए नभएको केही बताइएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com